मुख्यमन्त्रीको प्रेस संयोजकमा कोइराला
समाधान संवाददाता
२०७८ असार २१ गते ६:५६

पोखरा, २० असार (समाधान)
पत्रकार भरत कोइराला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजक नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कोइरालालाई प्रेस संयोजक नियुक्त गर्ने निर्णय गरेको हो ।
२ दशकदेखि पत्रकारितामा क्रियाशील कोइराला आदर्श समाज दैनिकका सम्पादक छन् । उनी समाधान दैनिकका पूर्व कार्यकारी सम्पादकसमेत हुन् ।
कोइरालाले २०५८ सालमा अन्नपूर्ण पोस्टबाट पत्रकारिता सुरु गरेका थिए । पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर कोइराला संसदीय पत्रकार मञ्च गण्डकी अध्यक्ष पनि छन् ।
भद्रकाली मावि, कुँडहरमा पत्रकारिता प्राध्यापनसमेत गर्ने कोइराला स्याङ्जाको पुतलीबजार वडा १३ का स्थायी वासिन्दा हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया