म्याद सकिएको डेबिट कार्ड प्रयोग गरी एटीएमबाट पैसा निकालेको आरोपमा दुईजना पक्राउ

म्याद सकिएको डेबिट कार्ड प्रयोग गरी एटीएमबाट पैसा निकालेको आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा सोलुखुम्बु घर भई भत्केको पुल बस्ने ५७ वर्षीय जगतबहादुर गुरुङ र पर्सा घर भई भत्केको पुल नै बस्ने ३० वर्षीया सावित्री गुरुङ रहेका छन् ।
परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहको एटीएम मेसिनबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुले गैरकानुनी रुपमा एटीएमबाट पैसा निकालेको सूचनामा आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष टोलीले उनीहरुलाई भत्केको पुलबाट पक्राउ गरिएको प्रवक्ता बस्नेतले बताए ।
उनीहरुले विदेशी डेबिट कार्डको प्रयोग गरेर चाबहिल, कालोपुल, हात्तीसार भाटभटेनी ईलाकामा रहेको एटीएमबाट ३४ लाख ३५ हजार निकालेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया