प्रधानमन्त्रीले गरे माथिल्लो तामाकोशीको उद्घाटन
समाधान संवाददाता
२०७८ असार २१ गते १७:०५

समाधान संवाददाता, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन गरेका छन् । ओलीले आज दिउँसो ४ बजे भर्चुअल रुपमा स्वीच थिचेर आयोजनाको उद्घाटन गरेका हुन् ।
आयोजनाको उत्पादन आजबाट सुरु भएको छ । ३ महिनाको परीक्षणपछि विद्युत् उत्पादन भएको हो । कुल ४५६ मेगावाट विद्युत् उत्पादन क्षमताको माथिल्लो जलविद्युत् आयोजनामा आज एक युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन शुरु हुनेछ। आगामी आर्थिक वर्षमा ४५६ मेगावाट नै उत्पादनको लक्ष्य लिइएको छ ।
आयोजनामा कुल ६ वटा युनिट छन् । जसबाट ७६ मेगावाटका दरले ४५६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया