पहिलोे खोप लगाएका वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु
समाधान संवाददाता
२०७८ असार २२ गते १५:५५

बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष हुमनाथ आचार्यको कोभिड–१९ का कारण आज निधन भएको छ ।
७२ वर्षीय वडाध्यक्ष आचार्यको उपचारका क्रममा काठमाडौँमा आज बिहान निधन भएको उपमहानगरपालिका प्रवक्ता राम प्रसाद रेग्मीले जानकारी दिए ।
उनको सुरुमा बुटवलको कोरोना विषेश अस्पतालमा उपचार भएकोमा ७ दिनअघि परिवारले थप उपचारका लागि काठमाडौँ लगेको थियो ।
आचार्यले कोरोना विरुद्धको पहिलो डोज खोप समेत लगाएका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया