मादीकी कल्पना लमजुङमा मृत फेला

समाधान संवाददाता २०७८ असार २२ गते १८:२०

पोखरा, २२ असार
कास्कीको मादी गाउँपालिका ९, मुग्रेवेंसीकी कल्पना अधिकारी लमजुङमा मृत फेला परेकी छिन् ।

अन्दाजी ३५ वर्षीय कल्पना मंगलबार बिहान मध्यनेपाल नगरपालिका ८ रामबजार स्थित मादी खोलाको किनारमा मृत भेटिएकी हुन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया