मुस्ताङको घरपझोङ,वारागुङ र लोघेकरमा प्रशासकीय भवनको काम धमाधम

समाधान संवाददाता २०७८ असार २२ गते १९:१८

एसके थकाली \मुस्ताङ
संघीयता कार्यान्वयसंगै हिमाली जिल्ला मुस्ताङका तीन स्थानीय तहले प्रशासकीय भवनको पूर्वाधार निर्माण सुरु गरेका छन् । संघीयताको पहिलो कार्यकाल सकिन एक वर्ष बाँँकी रहँदा मुस्ताङका ५ स्थानीय तह मध्ये घरपझोङ,लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गापाले प्रशासकीय भवनको पूर्वाधार निर्माणमा जोड दिएका हुन् ।

संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम संञ्चालन कार्यविधि २०७६ बमोजिम मुस्ताङको घरपझोङ गाउँपालिकाले प्रशासकीय भवन निर्माणकार्य अघि बढाएको गापाका ईन्जिनीयर सकलदेव शर्माले जानकारी दिए । उनका अनुसार कार्यविधि अनुसार संघीय सरकारको ६० प्रतिशत र स्थानीय तहको ४० प्रतिशत साझेदारीमा बहुवर्षिय योजना अन्तर्गत प्रशासकीय भवन निर्माणको काम अघि बढाएको हो ।

मुस्ताङको घरपझोङले भवन निर्माणका लागि ७ करोड ५९ लाख ८५ हजार लागतमा ठेक्का सम्झौता गरेको हो । घरपझोङको प्रशासकीय भवन निर्माणको जिम्मा डाँफे ÷हरी÷सन्त जेभीले लिएको छ । घरपझोङले भवनको ठेक्का सम्झौता २०७७ साल बैशाख १० गते गरेकोमा यसको सम्झौता अवधि १८ महिनाको तोकेको छ । ईन्जिनीयर शर्माका अनुसार गापाको प्रशासकीय भवनको भौतिक प्रगती ४५ प्रतिशत छ ।

Advertisement

घरपझोङले ३ तले भब्य भवन निर्माण गर्न लागेको हो । यसका लागि मन्त्रालयले १ करोड ९० लाख ,प्रदेशबाट ५० लाख र स्थानीय तहबाट ३ करोड ६३ लाख बजेट बिनियोजन गरेको ईन्जिनीयर शर्माले उल्लेख गरे । उनका अनुसार आगामी आर्थिक वर्षका लागि भवन पूर्वाधार निर्माण सम्पन्न गर्न थप बजेट माग गरिएको छ । मुस्ताङ सदरमुकाम जोमसोममा अवस्थित धौलागिरि बोडिङ स्कुलको पछाडी २० रोपनी क्षेत्रफलमा प्रशासकीय भवन बन्नेछ ।

नयाँ बन्ने भवनमा २६ वटा कोठा,बैठक कोठा,हट रुम,पार्किङ ,कर्मचारी आवास लगायतका पूर्वाधार निर्माण हुनेछन् ।

Advertisement

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्डको प्रशासकीय भवन निर्माणको भौतिक प्रगती चालु वर्ष ४५ प्रतिशत छ । भवन निर्माणका लागि ईमोटल कन्ट्रक्सन जेभीले ४ करोड २४ लाख ५८ हजारमा सम्झौता गरेको सो पालिकाका ईन्जिनीयर सन्देश केशीले जानकारी दिए । भवनका लागि प्रदेश सरकारबाट चालु वर्ष ५० लाख र पालिकाबाट ५० लाख बजेट बिनियोजन भएको हो ।

भवन निर्माण २०७७ चैत्र ३ गते सम्झौता भएको थियो भने सम्झौता अवधि २०७९ असार १५ सम्म तोकिएको छ । लोघेकरमा ३ रोपनी क्षेत्रफलमा दुई तले प्रशासकीय भवन निर्माण सुरु गरिएको ईन्जिनीयर केशीले बताए । भवन निर्माण प्रयोजनार्थ आगामी आर्थिक वर्षका लागि गापाले १ करोड ३६ लाख बजेट बिनियोजन गरिसकेको छ भने बाँकी अपुग बजेट प्रदेश सरकारसंग माग गर्ने ईन्जिनीयर केशीले उल्लेख गरे ।

यस्तै ,मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गापाले पनि गापाको प्रशासकीय भवन निर्माणको काम अन्तिम चरणमा पू¥याएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन्द्र शर्माले जानकारी दिए । उनका अनुसार वारागुङको प्रशासकीय भवनको दुई तले भवनको भौतिक प्रगती ८५ प्रतिशत रहेको जनाईएको छ ।

सो पालिकामा पनि संघ ,प्रदेश र स्थानीय तहको साझेदारीमा ३ करोड ९० लाख ९ हजारमा ठेक्का सम्झौता गरी प्रशासकीय भवन निर्माणको काम अघि बढाएको हो । पालिकाले जोमसोम—मुक्तिनाथ जाने सडकको कागबेनी माथिको ४ हजार ९ सय ६५ बर्गफिट खाली जग्गा प्राप्ति गरी भवन निर्माणको काम अघि बढाएको प्रशासकीय अधिकृत शर्माले उल्लेख गरे ।

मुस्ताङका ५ स्थानीय तह मध्ये तीन स्थानीय तहले प्रशासकीय भवन निर्माणको काम सुरु गरेपनि लोमान्थाङ र थासाङ गापाले पहिलो कार्यकाल सकिन लाग्दासमेत प्रशासकीय भवन निर्माणको काम अघि बढाउन सकेका छैनन् ।

उपल्लो मुस्ताङको लोमान्थाङ गापाले प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्ती प्रक्रिया अघि बढाएको गापाका ईन्जिनीयर सुरेश घिमिरेले जानकारी दिए ।लोमान्थाङले संघ तथा प्रदेशको मापदण्ड अनुसार प्रशासकीय भवनको पूर्वाधार निर्माण गर्न नसकेतापनि अस्थायी प्रशासकीय भवन भने निर्माण भईसकेको छ ।

लोमान्थाङले १ करोड १५ लाख लागतमा गापाको अस्थायी भवन निर्माण गरेको ईन्जिनीयर घिमिरेले बताए । “मापदण्ड अनुसारको प्रशासकीय भवन बनाउने तैयारीमा छौं ,जग्गा प्राप्तिको पहल भईरहेको छ ,ईन्जिनीयर घिमिरेले भने“ जग्गा प्राप्ती हुने बित्तिकै संघं,प्रदेश र स्थानीय तहको साझेदारी भवन निर्माणका लागि बजेट माग गर्नेछौं ।’लोमान्थाङले ५ वटै वडामा वडाकार्यालय भवन निर्माण गरिसकेको उनले उल्लेख गरे ।

यस्तै , मुस्ताङको तल्लोक्षेत्र थासाङ गाउँपालिकाले गापाको प्रशासकीय भवन निर्माणको काम अघि बढाउन सकेको छैन । गापाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष खत्रीले लामो समयसम्म गापाको केन्द्र बिवादले प्रशासकीय भवन निर्माणको योजना अन्योल बनेको जानकारी दिए ।“हामी कहाँ केन्द्र बिवाद कायमै छ ।

केन्द्र कहाँ राख्ने भन्ने सर्वोच्च अदालतमा मुद्धा बिचाराधिन अवस्थामा रहेकाले भवन निर्माणको काम अघि बढ्न सकेन,उनले थपे “गापाको हालको कार्यसम्पादन समाजघर भाडामा लिएर गरेका छौं । गापाको सबै वडामा भने भवन बनिसकेको छ ।’

केन्द्र बिवादले प्रशासकीय भवन निर्माण अघि बढाउन नसक्नु दुर्भाग्यपूर्ण भएको उनले बताए ।
फोटो क्याप्सन ः
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्डमा निर्माणधिन प्रशासकीय भवन ।तस्विर ःसन्जु गुरुङ ।

तपाईको प्रतिक्रिया