२४ घण्टामा थप २ हजार २३९ जनामा कोरोना पुष्टि

समाधान संवाददाता २०७८ असार २५ गते १७:४२

नेपालमा थप २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २४ घण्टामा हिजाे भन्दा आज सो भन्दा केही बढेको पाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ६ हजार ६५७ जनाको पीसीआर परीक्षणबाट १ हजार ४७९ र ४ हजार ६५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७६० जना गरी जम्मा २ हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ३१६ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया