कालिगण्डकी तटीयक्षेत्रका बस्ती सुरक्षित रहन मुस्ताङ प्रहरी ग¥यो सूचना

समाधान संवाददाता २०७८ असार २६ गते १६:५४

ब्रेकिङ—न्युज
सुन्दरकुमार थकाली \ जोमसोम—

उपल्लो मुस्ताङबाट बग्ने विभिन्न शाखा नदीहरुको बहाव शनिबार दिउसो उच्च भएको भन्दै जिल्ला प्रहरी कार्यालय मुस्ताङले कालिगण्डकी तटीयक्षेत्रका बस्तीहरुलाई उच्चसर्तकता अपनाउदै सुरक्षित रहन सूचना जारी गरेको छ ।प्रहरीले बाढीका कारण भई परिआउने भौतिक तथा मानवीय विपत्को अवस्था नहोस भन्ने उद्देश्यले यहाका स्थानीय तहलाई समेत सचेत रहन आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी रामकुमार दानीका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ,चराङ,सुर्खाङ,घमी र चैले लगायतका शाखा नदीहरुको बहाव उच्च भएकाले आवश्यक सावधानी अपनाउन स्थानीय तह माफत नागरिकलाई अनुरोध गरिसकेको छ ।

“हामीलाई उपल्लो मुस्ताङका विभिन्न प्रहरी पोस्टबाट खबर आएको छ ,शाखा नदी उर्लिदै बगेको भन्ने छ ,डिएसपी दानीले भने,“ बाढी कालिगण्डकीमा एकत्रित भईसक्यो भन्ने छ ,रातको समयमा पनि ठुलो बाढी आउन सक्छ ।’
उपल्लो मुस्ताङका शाखा नदीको बहाव बढेका कारण कालिगण्डकी नदीले क्षति पू¥याउन सक्ने भन्दै प्रहरीले गरेको सूचनाका आधारमा अहिले तटीयक्षेत्रका बस्तीलाई सुरक्षित रहन गाउगाउबाट कटुवाल घोकाएर सूचना जारी गरिएको छ ।

Advertisement

कालिगण्डकी नदीको तटीयक्षेत्र अन्तर्गत छुसाङ,कागबेनी,जोमसोम,स्याङ,टुकुचे ,कोवाङ,सौरु,सिर्खुङ,लेते,धम्पु लगायतका दर्जन स्थानका गाउहरु जोखिमको अवस्था रहेकाले सर्तकता अपनाउ अनुरोध गरिएको छ ।

यस्तै ,कालिगण्डकी बहाव उच्च भएको अवस्थामा म्याग्दीका विभिन्न स्थान पनि जोखिम बढ्ने अनुमान गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया