आविष्कार केन्द्रलाई श्रीपति पुरस्कार

समाधान संवाददाता, पोखरा
श्रीपति समाजसेवा पुरस्कार २०७८बाटराष्ट्रिय आविस्कार केन्द्र काठमाडौंलाई प्रदान गरिने भएको छ ।
श्रीपति कोइराला गुठीले विज्ञान र प्रविधिको क्षेत्रमा देश र जनताको सेवा गरेकोमा केन्द्रलाईपुरस्कार प्रदान गर्न लागेको अध्यक्ष लक्ष्मणप्रसाद कोइरालाले जानकारी दिए । पुरस्कार राशि२ लाख २२ हजार २ सय २२ नगदसहित श्रीपति समाजसेवा पदक र ताम्रपत्र छ ।
२०७७ सालमा सुरु भएको योपुरस्कार पहिलोपल्ट माइती नेपाललाई प्रदान गरिएको थियो । २ सय १४ औं श्रीपति जयन्तीको अवसरमाआइतबार समाजसेवा पुरस्कार २०७८ घोषणा गरिएको हो ।
‘कोभिड १९को फैलावट भएको अवस्थामा समेत विशेष सेवा र सहयोग पु¥याएको देशकै उत्कृष्ट समाजसेवी संस्था केन्द्रलाई प्रदान गर्न लागिएको छ,’अध्यक्ष कोइरालाले भने, ‘गुठीलेश्रीपति विद्यापदक र सम्मान लगायतका कार्यका लागि नियमित कार्यक्रम र बजेटमा व्यवस्था गरेको छ ।’
अध्यक्ष कोइरालाले महावीर पुनको अगुवाईमा खोलिएको राष्ट्रिय ख्याति प्राप्त उत्कृष्ट समाजसेवी संस्थालाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताए । पुरस्कार छनोट नियमावली २०७६मा विपद् उद्वार तथा राहत सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, विज्ञान–प्रविधि, सामाजिक जागरण र सामुदायिक विकासका क्षेत्रमा विशेष सेवा गर्ने व्यक्ति वा संस्थालाई श्रीपति समाजसेवा पुरस्कार प्रदान गर्ने प्रावधान छ ।
गुठीले पोखरा स्वास्थ विज्ञान प्रतिस्ठानमा अक्सिजन प्लान्ट निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख गेहेन्द्रश्वर कोइराला, नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ, शिक्षाप्रेमी हेरम्बप्रसाद कोइराला र गुठीका सचिव नवराज कोइरालाले बोलेका थिए ।
गुठीले पोखराका विभिन्न क्याम्पसबाट स्नातक तहमा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई प्रत्येक वर्ष श्रीपति विद्या पदक, नगद पुरस्कार र सम्मान गर्दै आएको छ । सरकारी विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति र शैक्षिक सामग्री प्रदान गर्दै आएको गुठीले २०७१ सालमा श्रीपति कोइरालाका बारेमा ‘श्रीपति महाकाव्य’ प्रकाशन गरेको छ ।
गुठीले दाङको राप्ती नदी किनार श्रीपतिको निधन एवं दाहसंस्कार गरेको स्थलमा श्रीपति कोइराला स्मृति यात्रु प्रतीक्षालयर पक्की भवन निर्माण गरेको छ । पर्वतको फलेवासमा यात्रु प्रतीक्षालय निर्माण गरेको गुठीले तनहुँको देवघाट गाउँपालिकामा २ रोपनी जमिन खरिद गरी श्रीपति आश्रम निर्माण गर्ने योजनाअघि सारेको अध्यक्ष कोइरालाले बताए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया