प्रगतिशील टोल सुधार समितिमा गिरी

समाधान संवाददाता, पोखरा
प्रगतिशील समूह पोखरा छोरेपाटन १७ बेलघारीको दोस्रो अधिवेशन शनिबार भएको अधिवेशनले सागर गिरीको अध्यक्षता नयाँ कार्यसमिति गठन गरेको छ । समितिको प्रथम उपाध्यक्ष सन्तोष अधिकारी, दोस्रो उपाध्यक्ष खडगबहादुर थापा र तेस्रो उपाध्यक्ष सरस्वती गिरी निर्वाचित भएका छन् ।
सचिव गोपाल अधिकारी, सहसचिव राजु श्रेष्ठ, कोषाध्यक्ष गोविन्द अधिकारी, सहकोषाध्यक्षमा नरमाया श्रेष्ठ निर्वाचित भएका छन् भने सदस्यमा भरत अधिकारी, सुनिता परियार, दुर्गा श्रेष्ठ, मीनराज पौडेल, सुनिता खडका र सुमित्रा लामा निर्वाचित भएका छन् ।
कार्यक्रममा तारानाथ पौडेलले आफूबाट हुनसक्ने आर्थिक नैतिक भौतिक सहयोग गर्न हरहमेसा तत्पर रहेको बताए । विजय गुरुङले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै नगद ३ हजार ५९ रुपैयाँ सहयोग गरेका थिए । कार्यक्रममा दीपक सुवेदी, सञ्जालका अध्यक्ष नन्दबहादुर पुन लगायतले भनाइ राखेका थिए ।
त्यसैगरी संस्थाका कोषाध्यक्ष गोपाल अधिकारीले वर्षभरिको आयव्यय प्रस्तुत गरेका थिए । स्वागत मन्तव्य समूहका सह–सचिव सागर गिरीले राखेका थिए । संस्थाले प्रगतिशील समूहको नाम परिवर्तन गरेर प्रगतिशील टोल सुधार समिति राखेको छ ।









पोखरा बहुमुखी क्याम्पस अध्यक्षमा शंकर गुरुङ
‘पहाड भो मलाई’ गीत सार्वजनिक
खरबारी बन्याे सुन्तला बगैँचा
सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया