पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले निषेधाज्ञा नमान्ने, ३० गतेदेखि गाडी चलाउने

पोखरा । पृथ्वीराजमार्ग बस सञ्चालक समितीले निषेधाज्ञा नमान्ने भएको छ । कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले सोमबार पत्रकार सम्मेलन मार्फत् आफूहरुले निषेधाज्ञा नमान्ने बताएका छन् ।
सरकारले असार ३० सम्म निर्णय गरेर लामो दूरीका सार्वजनिक यातायात सञ्चालन नगरे आफूहरुले काउन्टर खुला गरी टिकट बुकिङ गर्ने केसीले बताए ।
‘यो निर्णय हाम्रो कुनै रहरले नभई दैनिक रोजीरोटीको व्यवस्था गर्न गरिएको अप्रिय निर्णय हो । यस निर्णयबाट आउन सक्ने जस्तो सुकै चुनौतीको पनि सामना गर्न तयार रहेको कुरा स्पष्ट पार्छौं,’ केसीले भनेका छन् ।
स्वास्थ्य मापदण्ड पालना गराउन समिती सजग रहेको बताइएको छ । बस सञ्चालकले नै स्यानिटाइजरको व्यवस्था गर्ने र मास्क नलगाउनेलाई गाडीमा प्रवेश नदिने जनाइएको छ । यात्रुले चाहेमा सहचालकलाई १० रुपैयाँ बुझाएर मास्क लिई यात्रा गर्न सक्ने पनि बताइएको छ ।
पृथ्वीराजमार्ग बस सञ्चालक समिती अन्तर्गत १४ सय सवारी साधनबाट ७२०० जना कर्मचारी, व्यवसायी लाभान्वित छन् ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया