इन्धनको मूल्य घट्यो
समाधान संवाददाता
२०७८ असार ३१ गते १३:४८

नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ । बुधबार निगमले मूल्यवृद्धिको विषयमा आन्दोलन गर्दै आएका संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मूल्य समायोजन गरेको हो ।
बुधबार आन्दोलनका क्रममा विद्यार्थी संगठनले पेट्रोल पम्प नै बन्द गराएका थिए ।
निगमले बुधबार राति १२ बजेदेखि कार्यान्वयन हुनेगरी पेट्रेल, डिजेल र मट्टीतेलको मूल्य एक–एक रुपयाँ घटाएको हो ।
निगम प्रवक्ता विनितमणि उपाध्यायका अनुसार इन्धनको मूल्य समायोजन भएसँगै अब पेट्रोल प्रतिलिटर १२८ र डिजेल र मट्टीतेलको मूल्य १११ पुगेको छ । यसअघि पेट्रोलको मूल्य १२९ थियो भने डिजेल र मट्टीतेलको मूल्य ११२ रुपैयाँ थियो ।
सम्बन्धित








चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया