ओलीले बोलाए एमाले संसदीय दलको बैठक

समाधान संवाददाता २०७८ असार ३१ गते १६:१७

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक शुक्रबार दिउँसो बोलाएका छन् ।
ओलीले दिउँसो ३ बजे बस्ने गरि बोलाएका शेरबाहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठक संसद भवन नयाँ बानेश्वरमा बोलाइएको हो ।

Advertisement

गत असार २८ गते सर्वोच्च अदालतको फैसलापछि सत्ताच्युत भएका ओलीले पार्टीभित्रकै नेताका कारण आफ्नो नेतृत्वको सरकार ढल्न पुगेको भन्दै नेताहरूप्रति आक्रोश व्यक्त गरिरहेका छन् । ओली नेतृत्वको सरकारको विकल्पमा एमालेका माधव नेपाल पक्षका २६ जना सांसदले हस्ताक्षर गरेका थिए ।

ओलीले शुक्रबारको बैठकमा ओलीले आफ्नो विरुद्धमा हस्ताक्षर गर्ने सांसदहरुलाई कारवाही गर्ने सम्भावना रहेको एमाले नेताहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया