कास्कीका १४६ सहित गण्डकीका ३८१ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

समाधान संवाददाता २०७८ साउन १ गते १७:३०


समाधान संवाददाता, पोखरा


गण्डकीमा आज थप ३ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । ११ जिल्लामा गरिएको परिक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै गोरखामा कोराना संक्रमित थपिएका हुन् ।

कोराना पुष्टि हुनेमा मनाङमा ११, मस्ताङमा २, म्यादीमा ५, पर्वत ७३, गोरखा १, लम्जुङ ८, तनहुँमा २०, कास्कीमा १ सय ४६, बागलुङ ४९, स्याङ्जा ३५ र नवलपुरमा ४१ जनामा गरी ३ सय ८१ जनामा कोरोना पुष्टि भएको हो । शुक्रबार ११ सय २३ जनामा कोरोना परिक्षण गरिएको थियो ।

Advertisement


आजै ३ सय ६६ जना कोरोना संक्रमित निको भएर घर फर्किएको स्वस्थ्य निर्देशनालय गण्डकीले जनाकरी दिएको छ । आजमात्र कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । गण्डकीमा सक्रिय संक्रमितको संङख्या २८ सय २१ जना पुगेको निर्देशनालयले जनाकारी दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया