पोखरा २५ का लाम्पाटाबासीले मागे खानेपानी

समाधान संवाददाता
पोखरा
गण्डकी प्रदेश सभा सदस्य रामजीप्रसाद बराल ‘जीवन’ले पोखरा २५ लाम्पाटाका घर घरमा पिउने पानी उपलब्ध गराउन माग गरेका छन् । सुनौलो टोल विकास संस्थाले बिहीबार गरेको अन्तक्र्रियामा बरालले अव्यवस्थित बसोबास रहेको लाम्पाटामा पिउने पानी उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
निर्वाचनका वेला पुरानो घर खोज्दै जाने तर २०—२५ वर्षदेखि बसेका बासिन्दाको समस्या समाधानमा ध्यान नदिने हुन नहुने उल्लेख गरे । नेपाल खानेपानी संस्थानलाई लाम्पाटन क्षेत्रमा पानी उपलब्ध गराउन आग्रह गरिएको उनले सुनाए । उनले भने, ‘जहाँ पसिना बगाइन्छ, जहाँ श्रम गरिन्छ स्वभाविक रुपमा अधिकार प्राप्तिका लागि पनि त्यहीबाट लड्नु पर्छ ।’
पोखरा २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले खानेपानीले जथाभावी रुपमा पाइप लाइन विस्तार गर्ने तर जनप्रतिनिधिसँग कुनै सहकार्य नगरेको गुनासो गरे । नेपाल खानेपानी संस्थान पोखरा शाखा प्रमुख आशीष कार्कीले पाइप लाइन विस्तार भएका स्थानमा पानी वितरण गर्न आफूहरु सकारात्मक भएको सुनाए ।
संस्थाका अध्यक्ष बुद्धिबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका नेता माधवशरण पौडेल, नेपाली कांग्रेसका नेता दानबहादुर थापा, राष्ट्रिय जनमोर्चाका नेता तमबहादुर रोका, लाम्पाटा आमा समूहका अध्यक्ष धनदेवी सापकोटा, संस्थाका सचिव सूर्य सापकोटा, सदस्य रविन कार्की लगायतले बोलेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया