‘माथिको आदेश’ले रोकियो पोखरामा खोप

समाधान संवाददाता, पोखरा
पोखराका विभिन्न वडा र स्वास्थ्य संस्थामा खोप लगाउने कार्यक्रम अचानक स्थगित भएको छ । आज आइतबारका लागि पूर्वनिर्धारित खोप कार्यक्रम अचानक स्थगित भएको हो ।
पहिला गरिएको सूचनाका आधारमा स्वास्थ्य संस्थामा खोप लगाउन टाढाटाढाबाट समेत वृद्धवृद्धा पुगेका थिए । तर आज खोप लगाइँदैन भन्ने सूचना पाएर उनीहरु निराश हुँदै फर्कनुपरेको छ ।
खोप लगाउने कार्यक्रमकै लागि माझठाना स्वास्थ्य चौकी पुगेका पोखरा २८ का वडाध्यक्ष निर्मल दियालीले सबै तयारी गरिसकेपछि एक्कासि आज खोप नलगाउने सूचना आएको जानकारी दिए ।
‘महानगरको स्वास्थ्य महाशाखामा पनि सम्पर्क गरेँ, सिडिओसा’बलाई पनि सोधेँ,‘ वडाध्यक्ष दियालीले भने, ‘माथिको आदेशका कारण आज खोप कार्यक्रम स्थगित भन्ने आयो ।’ अगाडि नै सूचना नपाएका कारण वृद्धवृद्धाहरुलाई आफूहरुले बेलैमा खबर गर्न नपाएको उनले बताए ।
“हामीलाई आइतबार खोप लगाइन्न भनेर शनिबारै भन्दिएको भए वृद्ध बाआमालाई आज दुख नपाउनोस् है भनेर खबर गर्थ्यौं,” दियालीले भने, “तर खबर भएन वृद्ध आमाबालाई दुख भयो।”

थुप्रै स्वास्थ संस्थामा खोप लिएर गएको गाडी गन्तव्यमा पुगिसकेर पनि फर्किएको थियो। खोप लगाउन भनेर पोखरा ३० शिशुवाको शिशुवा प्राथमिक स्वास्थ्य केन्द्र पुगेका सयौं वृद्धवृद्धा निराश र आक्रोशसहित फर्किएका थिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया