काठमाडौंमा जोन्सन खोप लगाउन सुरु, पोखरामा कहिले ?

समाधान संवाददाता, पोखरा
प्रधानमन्त्री शेरबहादुर देउवाले आज सोमबार काठमाडौंमा अमेरिकी खोप जोन्सन लगाउने कार्यक्रमको सुरुआत गरेका छन् । जोरपाटीमा उनले अपांगहरुलाई खोप लगाउने कार्यक्रम सुरुआत गरेका हुन् ।
पोखरा महानगरपालिकाभित्र भने जोन्सन खोप लगाउने कहिले भन्ने टुंगो भएको छैन । आज स्वास्थ्य कार्यालय कास्कीले शरणार्थीहरुलाई जोन्सन खोप लगाएको कास्कीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) थानेश्वर गौतमले बताए । उनकै भनाइमा पोखराका १८ देखि ३३ नम्बर वडामा भने भेरोसिल खोप आएपछि मात्रै लगाउन सुरु गर्ने भन्ने छ ।
आइतबार पोखराका १८ देखि ३३ वडाका बासिन्दालाई खोप लगाउन केन्द्रहरुमा नागरिकहरुलाई डाकिएकोमा एकाएक स्थगित गरिएको थियो । जोन्सन खोप ५० देखि ५४ वर्षभित्रकालाई लगाउने भनिएकोमा डाकिएका व्यक्तिहरु अर्कै उमेर समूहका हुँदा खोप कार्यक्रम स्थगित भएको थियो ।
पोखराका १ देखि १७ नम्बर वडाका ५५ वर्षभन्दा माथिको उमेर समूहका र लक्षित वर्गलाई यसअघि खोप लगाइसकिएको छ । उनीहरुलाई चिनिया खोप भेरोसिल लगाइएको हो । तर त्यही खोपबाट पोखराको ग्रामीण क्षेत्रका वडाका बासिन्दा बञ्चित भएका छन् ।
पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका हरिलाल आचार्य आइतबार माथिबाट एक्कासि खोप लगाउन स्थगित गर्न निर्देशन आएको सुनाए । उनका अनुसार अमेरिकी खोप जोन्सन ५० देखि ५४ वर्षकालाई लगाउने भनिएको छ । तर वडा नम्बर १८ देखि ३३ का ५५ वर्षमाथिका नागरिकलाई भने अन्याय हुने देखिएको उनी सुनाउँछन् । भन्छन्, “५५ वर्षमाथिका नागरिकलाई पनि खोप नआउँदा त्यसमुनिकालाई मात्रै लगाउँदा विवाद हुनसक्छ । सबैलाई हुने खोप लगाउने प्रबन्ध गर्नुपर्छ । हामी त्यही निर्णयको प्रतीक्षामा छौं ।“
आचार्यले नगरपालिकाले त केवल खोप लगाउने काम मात्रै गर्ने तर त्यसको निर्णय खोप व्यवस्थापन समन्वय समितिले गर्नुपर्ने बताए । जिल्लामा प्रजिअ र प्रदेशमा प्रमुख सचिवको संयोजकत्वमा खोप व्यवस्थापन समन्वय समिति छ ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया