धार्मिक सहिष्णुता र सद्भावले राष्ट्रिय एकताको भावना जागृत गराउँछः प्रदेश प्रमुख पौडेल

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले धार्मिक सहिष्णुता र सदभावले राष्ट्रिय एकताको भावना जागृत गराउने बताएकी छन् । इस्लाम समुदायको महान पर्व बकर इद (इदुल जोहा) का अवसरमा देशविदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बीलाई शुभकामना व्यक्त गर्दै उनले यस पर्वले मेलमिलाप र भाइचारको सम्बन्ध अभिवृद्धि गराउने विश्वास व्यक्त गरेकी हुन् ।
सदियौंदेखि एक अर्का बीच धार्मिक सहिष्णुता, सामाजिक सद्भाव कायम गर्दै भावानात्मक सम्बन्ध प्रगाढ हुँदै आएको सन्देशमा स्मरण गराइएको छ । सन्देशमा भनिएको छ, ‘धर्म संस्कार संस्कृति हाम्रा पहिचान र विशेषता हुन् । यस भित्रका सकारात्मक पक्षको उजागार गर्दै अगाडि बढ्न आवश्यक रहेको छ । विविधतायुक्त नेपाली समाजमा यस पर्वले राष्ट्रिय एकताको भावना जागृत गराउन थप टेवा पु¥याउने छ ।’
प्रदेश प्रमुख पौडेलले कोरोना महामारीबाट यो कठिन अवस्थामा हाम्रा चाडपर्व र संस्कार संस्कृतीको महत्वलाई जोगाउनु पर्ने चुनौती रहेको उल्लेख गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना पर्व मनाउन पनि सम्पूर्ण इस्लाम धर्मावलम्बिहरुलाई आग्रह गरेकी छन् ।
नेपालको संविधानको धारा ३२ले भाषा र संस्कृती सम्बन्धी हकको व्यवस्था गरेको छ । सो धाराको उपधारा (२)ले प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो धार्मिक र सांस्कृतिक जीवनमा सहभागी हुनपाउने समान हकको व्यवस्था गरेको छ । संविधानले प्रत्याभूत गरेका अधिकारहरु मुस्लिम समुदायले प्रभावकारी रुपमा उपभोग गर्न सहयोग पुगोस् भनी संविधानको धारा २६४ मा मुश्लिम आयोगको समेत व्यवस्था गरिएकोे छ । यस समुदायमा इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने विधि रहिआएको छ । सामूहिक रुपमा नमाज पढ्दै एक आपसमा अंकमाल गरेर शुभकामना साटासाट गरेर मनाइने गरिन्छ ।








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया