नेपालीहरु साउदी प्रवेश गर्न जोन्सन एण्ड जोन्सन खोप लगाउनुपर्ने

नेपालीहरु विदेश प्रवेश गर्न खोप अनिर्वाय जस्तै भएको छ । अधिकांश देशहरुले खोप लगाएका नेपालीलाई प्रवेशमा अलि सहज गरेका छन् । साउदी अरबले जोन्सन एण्ड जोन्सनको खोप लगाएका नेपाली श्रमिकहरुलाई प्रवेश अनुमति दिएको छ ।
साउदीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै घर बिदामा नेपाल गएर साउदी फर्किन लागेका र नेपालबाट साउदी अरब आउने नयाँ कामदारले जोन्सन एण्ड जोन्सनको खोप लिएर साउदी प्रवेश पाउने जनाएको छ । दूतावासले खोप लगाउन दूतावासले अनुरोध गरेको छ । जोन्सन एण्ड जोन्सनको खोप लगाएका व्यक्तिलाई प्रवेश अनुमति दिएको छ ।
जोन्सन एण्ड जोन्सनको खोप (यो खोप १ डोजको मात्रै हुने ) लगाएको १४ दिन कटिसकेको हुनु पर्नेछ । फाइजर, अस्ट्राजिनेका र मोडेर्ना खोपको पहिलो डोज लगाएको १४ दिन कटिसकेको छ वा कोरोना संक्रमण भएर निको भएको ६ महिना कटेको छैन भने प्रवेश पाउने दूतावासले जनाएको छ ।
साउदी सरकारको यो निर्णयसंगै अब विभिन्न समयमा घर बिदा नेपाल गएर खोपका कारण फर्किन नसकेका नेपाली श्रमिकले अब भने सहज रुपमा प्रवेश पाउने छन् । यसअघि नेपालमा जोन्सन एण्ड जोन्सन खोप उपलब्ध नहुँदा साउदी प्रवेश गर्ने नेपालीले संस्थागत क्वारेन्टिन बापत एक लाख रुपैयाँ भन्दाबढी रकम तिर्दै आएका थिए ।









माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
राष्ट्रपति रनिङ शिल्डमा भलिबल छात्र तर्फ पोखरा युनाइटेड एकेडेमी प्रथम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया