थासाङको मार्चे लेंकमा याकचौरी गोठ

एसके थकाली \ जोमसोम
प्राकृतिक तथा जैविक विविधताले भरिएको हिमाली जिल्ला मुस्ताङमा पर्यटक लोभ्याउन आर्कषक गन्तब्यहरु छन् ।अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापको स्वामित्वमा रहेको मुस्ताङको तल्लो क्षेत्रदेखि उपल्लो मुस्ताङको कोरलासम्मको क्षेत्रमा पर्यटकीय गन्तब्य छन् । यहाँको प्राकृतिक सौन्दर्यताको दृष्यावलोकन गर्दा मुस्ताङ भ्रमण गर्ने जोकोही पर्यटक दङ्ग नपर्ने कुरै भएन ।
समून्द्री सतहदेखि ३ हजार ९ सय मिटर अग्लो उचाईमा अवस्थित मुस्ताङको एक आर्कषक गन्तब्य हो थासाङको मनमोहक मार्चे लेंक । थासाङको उत्तर÷पूर्वमा पर्ने नीलगिरि हिमालको काखैमा अवस्थित छ मनमोहक मार्चे लेंक ।अथाह पर्यटकीय संम्भावना बोकेको यो स्थानमा पर्यटकीय गतिविधि भने सुन्य छ ।

तर ,चौरीको आलो रगत खाने मेलामा यहाँ बिशेष चहल÷पहल हुने गर्छ । पर्यटकीय प्रचार÷प्रसारको कमी र सडक पहँुच नहुँदा यो स्थान ओझेलमा परेको छ ।चारैतिर हरियाली सौन्दर्यताले भरिएको मार्चे लेंक निकै ठुलो क्षेत्रफलमा फैलिएको छ ।यो स्थान सडक संञ्जालले जोडिनसके यहाँ स्वदेशी तथा विदेशी चलचित्र तथा डकुमेन्टी छांयाङ्कन हबको रुपमा पनि विकास गर्न सकिने उक्तिकै संम्भावना देखिन्छ ।
मार्चे लेंक थासाङ १,२,३ र ५ नम्बर वडाका पशुपालक किसानको साझा चरनक्षेत्र पनि हो । मार्चे लेंकमा टुकुचे,सौरु,टिटी ,कुञ्जो र ताक्लुङका पशुपालक किसानको डेढ दर्जन बढी याक÷चौरी तथा भेडी गोठ छन् । लेंकसम्म पुग्न सबै गाउँका पशुपालकको आ÷आफ्नो जगंलै जंगलको गोरेटो बाटो छ ।कालिगण्डकी बस्तीदेखि यहाँसम्म पुग्न झन्डै ५ घण्टाको पैदययात्रा तय गर्नुपर्ने हुन्छ ।
प्रसस्त चरनक्षेत्र रहेको मनमोहक मार्चे लेंकमा धौलागिरि चौरी पालक किसान समूहमा आवद्ध पशुपालकको डेढ दर्जन बढी चौरी गोठ छन् । यस्तै, मुस्ताङको ६ वटा र म्याग्दीका पशुपालकको २ वटा भेडी गोठ छन् । हिउँदयामको अत्यधिक जाडो मौसममा बेसी झारिने याकचौरी र भेडी गोठहरु बर्खायामको मौसममा मार्चे लेंकको खर्कमा पू¥याईन्छ ।

बर्खायाममा चरनक्षेत्रको अभावका कारण बर्सेनि असारदेखि असोज÷कार्तिकसम्म मार्चे लेंककै चरनक्षेत्रमा राखिन्छ ।हिउँदयाममा हिउँ पर्न थालेपछि बिस्तारै पशुचौपायालाई बस्ती नजिकै स्थान्तरण गर्ने थासाङ—२ सौरुको पशुपालक सोजन हिराचनले जानकारी दिए ।थासाङमा समूहमा आवद्ध पशुपालक किसानको आ—आफ्नो गोठ खडा गरेर पशु रेखदेख गरी बस्ने गरेको पशुपालक किसान हिराचनको भनाई छ ।उनका अनुसार बर्खायामको मौसममा मार्चे लेंकमा गोठालाहरुको दिनचर्या कष्ठकर हुने गरेको उनले बताए ।गोठालाहरु ६ महिनासम्म पशु रेखदेख गरी बस्ने उनले जनाए
बिहानै सबेरै उठेर खाना पकाउने ,पाठापाठीलाई दुध खुनाउने ,पशु संरक्षणका लागि पालिएका कुकुरलाई आहार दिने र सबै काम सकेपछि याकचौरी र भेडी गोठका भेडाहरु खेत्दै चरनक्षेत्रमा पू¥याउने र साँझ फेरी लिन जाने गोठालाहरुको दैनिक दिनचर्या भित्र पर्दछ ।
अस्थायी संरचना निर्माण गरेर बसेका पशु गोठालाहरु बर्खायामभरीको बासस्थान मार्चे लेंकमै रहन्छ । याक÷चौरी र भेडाहरुका लागि अलग÷अलग गोठ खडा गरिएको छ । बन्यजन्तुको आक्रमणले पशुचौपायालाई आक्रमण गर्नसक्ने भएकाले सबै गोठमा कुकुर पालिएको छ । कुकुरले बन्यजन्तु गोठमा प्रवेश गर्न खोजेको संकेत दिने भएकाले सुरक्षाका लागि कुकुरहरु गोठाहरुको सुरक्षा सारथि बनेको पशुपालक हिराचनले उल्लेख गरे ।

बर्खायामभरी मार्चे लेंकमा गोठ खडा गरी बसेका गोठालाहरुले पाटनमा पाईने बन्यजटिबुटी खोजेर बैकल्पिक कमाई गर्दछन् । कतिपय पशु धनीहरु आफै गोठाला बनेर पशु रेखदेख गर्छन भने कतिपयले बार्षिक १ लाख देखि १ लाख ५० हजारसम्म तलब दिएर गोठाला खटाउने गर्छन् । लेंकमा गोठ खडा गरी बसेका गोठालाहरुले खर्कमै चौरी गाईको दुध,दही ,घ्यु ,छुर्पी आदी लगायतका परिकार तयार गर्छन । थासाङका पशुपालकले याकचौरी हुर्काएर मासुका लागि बिक्रि गर्छन भने चौरी गाईको दुधबाट विभिन्न परिकार बनाउनुको साथै बर्सेनि बैशाख र श्रावण महिनामा याकचौरीको आलो रगत बिक्री गर्ने गर्छन ।
हिमाली तथा उच्चपहाडी लेंकमा पाईने बहुमुल्य प्राकृतिक जटीबुटी यार्सा गुम्बा ,निरमसी ,जटामसी र पाचऔले खर्कका पशुचौपायाले सेवन गर्ने भएकाले याकचौरीको आलो रगत स्वास्थ्यवद्धक हुने गर्छ । बर्सेनि श्रावण महिनाको पहिलो हप्ता याकचौरीको आलो रगत खान जिल्ला बाहिरका उल्लेख्य सर्वसाधरण मार्चे लेंकमा पुग्ने गरेको पशुपालक किसान गौतम शेरचनले बताए ।

उनका अनुसार कोरोना कहरका कारण गतवर्षदेखि चौरीको रगत खाने मेला रोकिदा पशुपालकलाई लाखौ रुपैया घाटा व्यवहोर्नु परेको उनको भनाई छ ।चौरीको आलो रगत प्रति गिलास २ सय देखि २ सय ५० रुपैया सम्ममा बिक्री हुने गरेको उनले बताए ।
“हामी पशुपालकको बैकल्पिक आम्दानी आलो रगत बिक्री गर्नु थियो,उनले भने,“ अब कोरोनाले गर्दा रगत समेत बिक्री गर्न पाएनौं ।’
उनले याकचौरीको बर्सेनि आलो रगत निकाल्दा याकचौरीलाई फाईदा पुग्ने जनाए । थासाङको मार्चे लेंकमा झन्डै ७ सय याकचौरी र ९ सय जतिक भेडाहरु पालन गरिएको छ ।
थासाङको मनमोहक मार्चे लेंकमा पुगेका जोकोही व्यक्ति पून दोहो¥याएर त्यसस्थानमा पुग्न चाहन्छन् । हरियाली दृष्य ,सुन्दर र शान्त कोलाहल मुक्त वातावरणले मार्चे पुग्ने जोकोहीले स्वर्ग पुगेको अनुभूती गर्ने गोठालाहरुको भनाई छ । विभिन्न प्रकारका प्राकृतिक वनस्पती,वन्यजन्तुको क्रिडाले मार्चे पुगेको संम्पूर्ण थकान क्षणभरमै बिर्सन बाध्य बनाईदिन्छ । मार्चे लेंक आसपास हिमचितुवा,नाउर ,कस्तुरी र कालिजहरु देख्न सकिन्छ ।
फोटो क्याप्सन ः
मुस्ताङको थासाङ गापामा पर्ने मनमोहक मार्चे लेंक साथै मार्चे लेंकको चरनक्षेत्रमा चर्दै गरेका याकचौरी तथा भेडाहरु । तस्विर ःसोजन हिराचन ।








बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार हुने अपेक्षा
भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया