मणिपाललाई ह्विलचेयर

समाधान संवाददाता २०७८ साउन ९ गते ११:५१

समाधान संवाददाता

पोखरा– मणिपाल शिक्षण अस्पतालमा ह्विलचियरको आवश्यकता महसुस गर्दै पोखराका २ परिवारले ह्विलचियर सहयोग गरेका छन् ।

विगतमा आप्mनो अस्पताल बसाइको अनुभवका आधारमा पोखरा १७ का उर्मिला खड्का र १५ बस्ने सावित्री खड्काले आमा हिमादेवी खड्काको स्मृतिमा १ ह्विलचियर सहयोग गरेका हुन् ।

Advertisement

पोखरा १५ का सुदीक्षा र नारायणी कुँवरले आप्mना बुबा इँन्द्र कुवरको स्मृतिमा एक ह्विलचियर सहयोग गरेका हुन् । दुवै जनाको सोही अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । मणिपाल शिक्षण अस्पतालका डिन डा. डिसी अग्रवाललाई ह्विलचेयर हस्तान्तरण गरिएको छ ।

अस्पतालका प्रशासन प्रमुख भानु भारद्वाजले मणिपाल अस्पताल पैसाका लागि मात्र नभई सेवाका भावनाले स्थापित भएको बताउँदै यहाँ उत्पादित चिकित्सा क्षेत्रका जनशक्ति विश्वका विभिन्न स्थानमा आफुलाई स्थापित गर्न सकेको बताए । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले कोरोना भाइरसले स्वास्थ्य संस्थाको महत्व एवं प्रभावकारिता पुष्टि गरेको बताइन् ।

Advertisement

सहयोगकर्ता उर्मिला खड्काले अस्पतालको सेवा, सुविधा अत्यन्त राम्रो रहेको बताउँदै आफूहरुले गरेको सहयोग अस्पतालका लागि सानो भए पनि आवश्यकताको हिसाबले महत्वपूर्ण हुने बताइन् ।

तपाईको प्रतिक्रिया