पोखराको सेती किनारामा महिला मृत भेटिइन्

समाधान संवाददाता २०७८ साउन ११ गते १९:२३
सांकेतिक तस्बिर

पोखरा महानगरपालिका १५ अमिनतहरास्थित सेती नदीमा एक जनामृत भेटिएकी छन् । अन्दाजी २५ वर्षकी महिला मृत भेटिएकी हुन् । महिलाकाे पहिचान खुल्न नसकेकाे गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । शव निकालेर अनुसन्धान कार्य शुरु गरेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक पौडेलले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया