अमिक शेरचन फेरि गण्डकी प्रदेश प्रमुख बन्न नमिल्ने

समाधान संवाददाता, पोखरा
नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा पुनर्नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेका नेता अमिक शेरचनले जिम्मेवारी दोहोर्याउने अवसर नपाउने भएका छन् । माओवादीको सिफारिस अनुसार उनलाई फेरि गण्डकी प्रदेश प्रमुख बन्न संविधान बाधक देखिन्छ ।
त्यस्तै बाधा प्रदेश २ मा तिलक परियारका लागि पनि देखिन्छ । माओवादीले परियारलाई २ नम्बरका लागि सिफारिस गर्ने निर्णय मंगलबारको स्थायी कमिटी बैठकबाट गरेको छ । बैठकले शेरचनलाई गण्डकी प्रदेश प्रमुख नियुक्त गर्न सरकार समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले त्यसबारे मंगलबार नै निर्णय गर्ने स्रोत बताउँछ ।
संविधानको धारा १६३ को उपधारा ४ मा एउटै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख नियुक्त हुन नसक्ने व्यवस्था गरेको छ । शेरचन यसअघि नै गण्डकी प्रदेश प्रमुख थिए । उनलाई हटाएर ओली सरकारले सीताकुमारी पौडेलको नियुक्ति गरेको थियो । परियार पनि यसअघि प्रदेश २ मा प्रमुख थिए । देउवा सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख हटाएर नयाँ राख्ने तयारी गरेको छ ।










गौरी तमुको कविता संग्रह ‘सैँप्रोल’ सार्वजनिक
पिपिएलए गण्डकीमा कमल अर्याल
मेलाको रमाइलो, झोलामा तरकारी
चन्द्रावतीको ‘कहरको त्यो समय’ लोकार्पण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया