कास्की पुर्ख्यौली थलो भएका गुरुङ गण्डकी प्रदेश प्रमुख

समाधान संवाददाता २०७८ साउन १२ गते १८:३९

समाधान संवाददाता, पोखरा

Advertisement

सरकारले मंगलबार गण्डकी प्रदेश प्रमुख नियुक्त गरेका पृथ्वीमान गुरुङ कास्की पुर्ख्यौली थलो भएका कांग्रेस नेता हुन् । चितवन बसाइ सरेका गुरुङको पुर्ख्यौली थलो कास्कीकै घलेल गाउँ हो ।

गुरुङ चितवनका पुराना कांग्रेस हुन् । संयोग कस्तो परेको छ भने ओली सरकारले गण्डकी प्रदेश प्रमुखबाट हटाएका अमिक शेरचन र पृथ्वीमान गुरुङ छिमेकी पनि हुन् । र २०४८ सालका आम निर्वाचनमा गुरुङ शेरचनबाट पराजित भएका थिए ।

उक्त चुनावमा शेरचन जनमोर्चा र पृथ्वीमान कांग्रेसबाट उम्मेदवार थिए । पृथ्वीमान चितवन कांग्रेसका पूर्व सभापति पनि हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशमा माओवादीको सिफारिसमा अमिक शेरचन र गण्डकीमा कांग्रेसको सिफारिसमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको हो।

Advertisement

माओवादी नेता शेरचन यसअघि गण्डकी प्रदेशका प्रमुख थिए। माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले उनलाई गण्डकीमै प्रमुखमा रुपमा दोहोर्‍याउने गरी सिफारिस गरेको थियो। तर माओवादीको सिफारिस संविधानसँग बाझिएपछि उनलाई गण्डकीबाट लुम्बिनी लगिएको हो।

तपाईको प्रतिक्रिया