पोखराका आचार्य बेलायती परियोजनामा छनोट
समाधान संवाददाता
२०७८ साउन १३ गते १२:२६

पोखरामा रहेर अनुसन्धान–संरक्षण तथा लेखनमा सक्रिय राजु आचार्य बेलायती संस्था ‘रुफर्ड स्मल ग्रान्ट’का परियोजनाका लागि छनोट भएका छन् । सबै प्रजातिका वन्यजन्तुको अनुसन्धानमा काम गरेका भए पनि लाटोकोसेरोमा विशेष रुचि रहेकाले उनलाई युवा पुस्ताले ‘उल्लु सर’भनेर चिन्छन् ।
उनले यो पटक २५ लाख रुपैयाँको परियोजना हात पारेका हुन् । सन् २०१३ मा उनले पहिलो पटक ५ हजार पाउन्डको पहिलो अनुदान पाएका थिए । त्यो रकम लाटोकोसेरो अनुसन्धान र संरक्षणमा खर्चिएका थिए । उनले सन् २०१५, २०१६, २०१७ र २०२१ मा गरी रुफर्डका सबै परियोजना प्राप्त गरेको समाचार इकान्तिपुर डटकममा छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया