उपल्लो मुस्ताङको सुर्खाङ पक्की पुल धरापमा

एसके थकाली
जोमसोम—मुस्ताङको लोघेकर दामोदरकुण्ड—४ सुर्खाङको पक्की मोटरेबल पुल धरापमा परेको छ । बुधबार दिउसो आएको सुर्खाङ खोलाको बाढीले त्यहा निर्माण भएको करिव १० मिटरको पक्की पुल धरापमा परेको हो ।
उपल्लो मुस्ताङको चराङ ,घमी ,यारा,घारा , र सुर्खाङ जोड्ने पक्की पुल मोटरेबल पुल बाढीका कारण जोखिममा परेका लोघेकर दामोदरकुण्ड—१ क वडाध्यक्ष टसी ढिन्डुक ठकुरीले जानकारी दिए । यारा र घारामा अविरल असिना पानी परेको र त्यस स्थानमा पहिरो गएका कारण आएको बाढीले पुलको संरचनामा क्षति पुगेको वडाध्यक्ष गुरुङको भनाई छ । उनका अनुसार बाढीले माटो फिलिङ गरिएको एप्रोज रोड समेत भासिएको छ भने पक्की पुल यारा ,घारातर्फको फाउन्डेसनमा समेत क्षति पुगेको छ ।
आर्थिक वर्ष २०७७÷०७८ को बिनियोजित ३० लाख बजेट मार्फत उक्त पुल निर्माण गरिएको थियो । सो पुलको काम स्थानीय उपभोक्ता समितिले गापासंग सम्झौता गरी निर्माण गरिएको थियो ।पुलको लागि चाहिने दीर्घकालीन पूर्वाधार निर्माण हुन नसक्दा पुल जोखिममा परेको हो ।
फोटो ः टसी ढिन्डुक ठकुरी ( चराङ )







राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया