कालीगण्डकीमा पौडी खेल्दा बागलुङका दुई बालक बेपत्ता

समाधान संवाददाता २०७८ साउन १४ गते १७:४१
संकेतिक तस्विर

बागलुङका दुई बालक नदीमा डुबेर बेपत्ता भएको भएका छन् । दुई बालक भने बचेका छन् । कालीगण्डकी नदी किनारमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने १३ वर्षीय अभिषेक बिक र १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन् ।

Advertisement

पाैडी खेल्ने क्रममा एक जनालाई बचाउदा दुबै बालक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी इकवाल हवारीले बताए । अभिषेक रुद्रेपिपल माविमा कक्षा ७ मा अध्ययरत छन् भने यमनले ओयसिस एकेडेमीमा कक्षा ७ मा अध्ययनरत छन् ।

बिहीबार मध्यान्ह चारजना पौडी खेल्न गएकोमा ११ वर्षीय प्रश्न बिक र ११ वर्षीय भिषण पुन भने बाँच्न सफल भएका छन् । आफूहरु नदीमा नभइ छेउमा आएको पानीमा खेलेको र एक्कासी दुईजनालाई बगाएको भीषण पुनले बताए ।

बेपत्ता दुई बालकको सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सागर तिमिल्सिना नेतृत्वको विपद व्यवस्थापन टिमले खोजी कार्य जारी राखेको डिएसपी हवारीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया