पाेखरामा १५६ युवा राष्ट्रिय युवा संघ प्रवेश

समाधान संवाददाता २०७८ साउन १८ गते १२:५९

समाधान संवाददाता
पोखरा – पोखरा महानगरका विभिन्न वडाबाट नेपाल तरुण दल र योङ कम्युनिस्ट लिग (वाइसिएल) परित्याग गरी १सय५६ युवा आइतबार राष्ट्रिय युवा संघ नेपाल प्रवेश गरेका छन् ।


युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महानगरका वडा नम्बर ५, ६, ७, १०, १२,१५ र ३२ का युवा संघमा प्रवेश गरेका हुन् । युवा संघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी, युवा संघ गण्डकी अध्यक्ष महेन्द्र गुरुङ र स्याङजाको हरिनास गाउँपालिका अध्यक्ष खीमनारायण मानन्धरले ती युवालाई संघमा स्वागत गरे ।


युवा संघ नेपालका पूर्व अध्यक्ष पहारीले लोकतन्त्रको संरक्षण, सम्बद्र्धन र सिमा सुरक्षाका लागि युवाले आवाज उठाउँदै आएको बताए । ‘हरेक राजनीतिक आन्दोलनमा योगदान पु¥याएका युवाले नेपालकोसिमा अतिक्रमण हुँदा राष्ट्रियताको रक्षा र स्वाधीनताको पक्षमा संघर्ष गरेका छन्,’उनले भने, ‘जनवीविकाको पक्षमा युवा सचेत र संगठित भएर आवाज उठाउँदै आएका छन् ।’

Advertisement


उनले नेकपा एमाले अध्यक्ष तथा पूर्र्व प्रधानमन्त्री केपी शर्मा ओलीले थालेको सुखी नेपाली र समृद्ध नेपालको अभियानमा जोडिन युवालाई आग्रह गरे । पहारीले जनमतबाट बनेको सरकारलाई विस्थापित गरी सर्वोच्च अदालतको परमादेशबाट बनेको वर्तमान सरकारले जनताको पक्षमा काम गर्नै नसक्ने दाबी गरे । युवा संघमा युवाको प्रवेशको क्रम सुरुवात भएको चर्चा गर्दै उनले हजारौं युवालाई युवा संघमा संगठित गर्ने बताए ।


युवा संघ नेपालका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटी सचिव महेन्द्र गुरुङले विरोधीले जतिसुकै भ्रम फैलाएपनि नेकपा एमाले र युवा संघ जनताको वास्तविक र सच्चा सेवक भएको दाबी गरे । युवा संघमा प्रदेश गर्ने युवालाई योग्यता र क्षमता अनुसारको जिम्मेवारी दिने उल्लेख गर्दै उनले सोमबारदेखि मुख्य भूमिका र जिम्मेवारी लिएर संगठनको काममा खट्न निर्देशन दिए ।

Advertisement


कार्यक्रममा युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश कमिटी कोषाध्यक्ष डिल्लीराम सुवेदी र केन्द्रीय सदस्य तथा कास्की अध्यक्ष पानबहादुर जिसीले युवा संघमा संगठित युवालाई क्षमतामा आधारित व्यवसायमा प्रवेश गराइने बताए ।

तपाईको प्रतिक्रिया