डक्टर पढ्ने छात्रवृत्ति पाए प्रतिभा माविका ३ विद्यार्थीले

समाधान संवाददाता २०७८ साउन २३ गते १५:५७


समाधान संवाददाता, पोखरा

प्रतिभा मावि पोखराका ३ जना विद्यार्थीले चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । चिकित्सा शिक्षा आयोगले साउन ९ देखि १३ गतेसम्म सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षा अन्तर्गत प्रतिभाका दीपेश के मण्डल, संगम सुवेदी र राजन देवकोटाले नाम निकाल्न सफल भएका हुन् ।

प्रतिभा माविका अध्यक्ष नारायण पौडेलले मेधावी आफ्ना विद्यार्थीको सफलताप्रति खुसी व्यक्त गरेका छन् । प्रतिभामा पढेका अरु विद्यार्थीले उच्च शिक्षाका विभिन्न परीक्षामा उत्कृष्ता हाँसिल गर्दै आएका छन् ।

Advertisement

काठमाडौं विश्वविद्यालयद्वारा लिइने एमबिबिएस परीक्षामा प्रतिभाकी छात्र जेएन मिलनले १ नम्बरमा नाम निकालेका थिए । पोहोर साल प्रतिभाकै सुमिना गुरुङ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्ने छात्रा बनिन् । यसअघि कक्षा १२ को नतिजामा ३.९२ जिपिएसहित प्रतिभा विद्यालयका सुरती पाण्डे देशकै सर्वोत्कृष्ट विद्यार्थी भएकी थिइन् ।

२०४३ सालदेखि सञ्चालित प्रतिभा मावि आइएसओ सर्टिफाइड विद्यालय हो । विद्वत प्राध्यापक तथा शिक्षकहरुको पहलमा खुलेको प्रतिभा देशभरिकै उत्कृष्ट विद्यालयमध्येमा पर्न सफल छ । गुणस्तरीय शिक्षाको खोजीमा रहेका विद्यार्थीका लागि उत्कृष्ट गन्तव्य बन्न सफल प्रतिभा माध्यमिक विद्यालय पोखराको पालिखेचोकमा अत्याधुनिक तथा सुविधा सम्पन्न भवनमा सञ्चालित छ । पोखराको पालिखेचोकमा अत्याधुनिक तथा सुविधा सम्पन्न भवनमा सञ्चालित विद्यालयले समयसापेक्ष विधि तथा उच्चतम प्रविधिको प्रयोगबाट पढाइ गर्दै आएको अध्यक्ष नारायण पौडेल बताउँछन् ।

Advertisement

प्रतिभामा विज्ञान, व्यवस्थापनसहित होटल व्यवस्थापन विषयको अध्ययन हुँदै आइरहेको छ । २०६० बाट प्लस टु मा म्यानेजमेन्ट पढाइ सुरु गरेको प्रतिभाले २०६८ मा विज्ञान संकाय पनि थप गरेको थियो । प्रतिभाले उत्कृष्ट परिणामका साथ प्लस टुका एक दर्जनभन्दा बढी ब्याच उत्पादन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया