सराङकोटको मेथलाङमा कार दुर्घटना, १ को मृत्यु, २ घाइते
समाधान संवाददाता
२०७८ साउन ३१ गते १०:१९

समाधान संवाददाता, पोखरा
पोखराको सराङकोटमा आज आइतबार भएको कार दुर्घटनामा नवलपरासीका बद्री खत्रीको ज्यान गएको छ । कार चलाइरहेका उनीसमेत ३ जना घाइते भएकाेमा उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएकोमा खत्रीलाई पौने १० बजे चिकित्सकले मृत घोषणा गरेको कास्की जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दीपक केसीले जनाएका छन् ।
दुर्घटनामा पोखराका सपना घोताने र किरण अर्याल घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । अस्पतालमा उनीहरुको उपचार भइरहेको पनि प्रहरी निरीक्षक केसीले जनाएका छन् । उनका अनुसार बिहान ६ बजे ग१च ७२३४ नम्बरको कार सडकबाट तल खसेको थियो ।
सम्बन्धित









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया