तोलामा एक हजार रुपैयाँले बढ्यो सुन

समाधान संवाददाता २०७८ साउन ३१ गते १४:३३

Advertisement

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला कारोबार मूल्य ८९ हजार ७ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ आइतबार ९० हजार ७ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार दुई सय रुपैयाँ तोकेको छ । शुक्रबार ८९ हजार २ सय रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया