मादी हाइड्रोका एक संक्रमित कामदारले गरे आत्महत्या
समाधान संवाददाता
२०७८ साउन ३१ गते १५:२१

समाधान संवाददाता, पोखरा
मादी हाइड्रोपावर आयोजनाका एक कोरोना संक्रमित कामदारले आत्महत्या गरेका छन् । हाइड्रोमा कार्यरत रहेका एक पुरुष कामदारले शनिबार राति आत्महत्या गरेको आयोजनाका अध्यक्ष पुष्पज्योती ढुंगानाले पुष्टि गरे ।
बेलुका खाना खाएर सुतेका ती कामदार बिहान आयोजना परिसरमा बनाइएको आइसोलेसनको शौचालयमा मृत भेटिएका थिए । ‘बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेट्यौं, संक्रमित भएपनि स्वास्थ्य सबै नर्मल थियो,’ आयोजनाका अधिकारी ज्ञानप्रसाद ज्ञवालीले बताए ।
हाइड्रोमा २६ जनालाई कोरोना पुष्टि भएपछि उनीहरु आइसोलेसनमा छन् । साउन २७ मा एन्टिेजन परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण देखिएको थियो ।
सम्बन्धित









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया