मेगा बैंकको सहयोगमा महिला उद्यमीलाई वित्तीय साक्षरता

समाधान संवाददाता, पोखरा
पोखरा र आसपासमा रहेर उद्यम गरिरहेका महिलालाई लक्ष्य गरी वित्तीय साक्षरता कार्यक्रम भएको छ । मेगा बैंकको प्राविधिक सहयोगमा महिला उद्यमी संघ नेपाल कास्कीको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
कोरोनाका कारण सबैतिर प्रभावित भएको व्यवसाय अनि त्यसमा पनि साना तथा मझौला उद्यम गर्ने महिलालाई वित्तीय साक्षरताका साथासाथै आर्थिक सहकार्यका लागि सहजीकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको मेगा बैंक गण्डकी प्रदेश प्रमुख ज्ञानेन्द्र पन्तले जानकारी दिए । मेगा बैंककै मार्केटिङ प्रमुख लेखनाथ गौतमले उद्यमीलाई हौसला र जानकारी दिने खालका कार्यक्रममा सहकार्य गर्न मेगा बैंक सधैं तयार हुने बताए ।
कार्यक्रममा बैंकका खाताका प्रकार, विभिन्न योजना, सेवा, सुविधाका बारेमा गौतमले प्रशिक्षण दिएका थिए । कार्यक्रममा मेगा बैंकका गण्डकी प्रदेश माइक्रो एन्ड एग्रो प्रमुख वीरेन्द्र शर्माले महिला उद्यमशीता कर्जाको उद्देश्य र कर्जाको प्रक्रियाबारे जानकारी दिए । बैंकका माइक्रो एन्ड एग्रो केन्द्रीय इन्चार्ज केबी कुमालले महिला उद्यमी संघ नेपाल कास्कीका सदस्यलाई केन्द्रबाट समेत सकेसम्म सहयोग गर्ने प्रतिबद्धता गरे ।
कार्यक्रममा ३५ महिला उद्यमी सहभागी थिए । महिला उद्यमी संघ नेपाल कास्की अध्यक्ष पार्वती पौडेल रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम संघकी प्रथम उपाध्यक्ष प्रतिभा गैह्रेले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा मेगा बैंकको बिरौटा शाखा प्रमुख शिवबहादुर कार्की पनि उपस्थित थिए ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया