हिंसामा परेका महिलाको लागि सुरक्षित गृह बनाइने

समाधान संवाददाता २०७५ फागुन २४ गते १६:४७

समाधान संवाददाता

लैंगिक हिंसा तथा यौन जन्य दुव्र्यवहारको कारण जोखिममा परेका महिलाहरुको संरक्षण र समाजमा पुनस्थापनाको लागि महिला सुरक्षा गृह निर्माण गरिने भएको छ ।

सुरक्षित गुह निर्माणको लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका बीच बिहीबार सम्झौता भएको छ । १ सय ९औं महिला दिवसको अवसरमा भएको कार्यक्रममा सामाजिक विकासमन्त्री नरदेवी पुनमगर र पोखरा महागरपालिकाका मेयर मानबहादुर जिसीले सम्झौतापत्रमा हस्तास्क्षर गरेका छन ।

Advertisement

मेयर जिसीले महिला सुरक्षागृहको लागि वडा नम्बर ३३मा करिब ४५ रोपनी जग्गा व्यवस्थापन गरिएको जानकारी दिए । मेयर जिसीले महानगरले चैत महिनासम्ममा लागत स्टीमेट तयार पार्ने बताए । सामाजिक संघ संस्थाको पहलमा पोखरामा महिला सुरक्षा घर निर्माण भए पनि सरकारी क्षेत्रको प्रयासमा पहिलोचोटी त्यस्तो गृह निर्माण गर्न लागिएको हो ।

सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले हिंसाबाट प्रभावित महिलाको लागि सीप तथा आयमुलक तालिम दिने योजना रहेको सुनाइन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संवैधानिक र कानुनी रुपमा प्राप्त महिला अधिकार पूर्ण रुपमा कार्यान्वयनको दिशामा अगाडी बढ्न पर्ने बताए ।

Advertisement

महिला सशक्तीकरण, लैंगिक तथा आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न महिला सक्षम हुन पर्ने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा महिलाको जनसंख्या ५५ प्रतिशत रहेको बताए । मुख्यमन्त्री गुरुङले ५५ प्रतिशतलाई अलग राखेर विकास निर्माण र समृद्धि हासिल गर्न नसकिने धारणा राखे ।

‘लैंगिक समानताका लागि समान सोंच र व्यवहारः समृद्धिको आधार’ भन्ने नाराका साथ बिहीबार अन्तराष्र्टि«य महिला दिवस मनाइएको हो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आयोजनामा स्थानीय चिप्लेढुंगाबाट न्युरोड हुदै पोखरा सभागृहसम्म प्रभातफेरी ¥याली निकालिएको थियो ।

तपाईको प्रतिक्रिया