शुक्लागण्डकी नगरपालिकाद्वारा अत्यावश्यकबाहेकका सबै सेवा चार दिनका लागि बन्द
समाधान संवाददाता
२०७८ भदौ १ गते ८:५१

शुक्लागण्डकी नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राखेर त्यसको न्यूनीकरणका लागि अत्यावश्यकबाहेकका सबै सेवा चार दिनका लागि बन्द गरेको छ ।
नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि भदौ १ देखि ४ गतेसम्म नगरपालिका र वडाभित्रका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए ।
शुक्लागण्डकी नगरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना सङ्क्रमण पुष्टि भइसकेकाले अन्य कर्मचारीको सङ्क्रमण परीक्षण गर्नुपर्ने भएकाले बन्द गरिएको प्रवक्ता कुमालले बताए ।रासस
सम्बन्धित








ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया