कुलमानको नियुक्तिविरुद्ध रिट
समाधान संवाददाता
२०७८ भदौ १ गते १२:०८

समाधान संवाददाता
पोखरा-नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाउँ’ भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाऊँ’ भनेर शाक्यले दायर गरेको रिट निवेदन सर्वाेच्चमा दर्ता भएको छ ।
रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान सम्मत मेरो अधिकार हनन भएको’ दावी गरेका छन् । उनले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न अन्तरिम आदेशको माग गरेका छन् ।
यसअघि शाक्यकै सहमतिमा सरकारले कुलमानलाई प्राधिकरणमा नियुक्त गरेको दावी गरिएको थियो । शाक्यलाई सचिव सहरको सेवा सुविधा दिइ ऊर्जा आयोगमा ४ वर्षका लागि नियुक्ति गरिएपनि उनी एकाएक सर्वोच्च गएका हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया