गाेकर्ण बिष्टले गरे अध्यादेशकाे विराेध, भने– प्रतिगामी कदम, फिर्ता लिन बाध्य पाराैं

समाधान संवाददाता, पाेखरा ।
नेकपा एमालेका सचिवि गाेकर्ण बिष्टले सरकारले जारी गरेकेा अध्यादेशकाे विराेध गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रतिगामी निर्णय फिर्ता लिन बाध्य पार्न आव्हान गरेका छन् ।
नेता बिष्ट एमालेमा नेपाल पक्षधर नेता हुन् । उनी नेपाल पक्षबाट कार्यदलमा बसेर पार्टी एकताका लागि पहल गरिरहेका थिए । तर आज सरकारले एमालेलाई विभाजन गर्न सजिलाे पार्नका लागि अध्यादेश जारी गरेकाे छ ।
याे अध्यादेश माधव नेपाल कै आग्रहमा ल्याइएकाे बताइएकाे छ । यही अध्यादेशकाे विराेध गरेपछि बिष्टले नेपाल समुह छाडेकाे पुष्टि भएकाे छ ।
उनले लेखेकाे स्टाटस जस्ताकाे तस्तै–
लोकतान्त्रिक अभ्यास र संविधानको मर्म विपरित दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक छ । यसले दलभित्र उत्पन्न हुने अन्तरबिरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा बिभाजनलाई प्रोत्साहित गर्नेछ । राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सृजना गर्नेछ । दलहरुप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ । अन्ततः यसले नेपालको राजनीतिमा दु:खद परिणाम निम्त्याउने छ । यसप्रकारको प्रतिगामी निर्णयको सबैले बिरोध गरौँ । फिर्ता लिन बाध्य पारौँ ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया