वर्खामै खानेपानीको अभाव

रासस, काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० ले पानी वितरणमा विभेद गर्दा वर्षायाममा पनि भक्तपुर नगरपालिकाका केही स्थानमा खानेपानीको चरम अभाव देखिएको छ ।
केयुकेएलले नगरका केही स्थानमा दिन बिराएर पानी वितरण गर्दै आए पनि केही स्थानमा पाँच दिनको एकपटक, कतै हप्तामा एक दिन र कतै तीन हप्तामा एक दिन पानी वितरण गर्दै आइरहेको छ ।
पानी वितरणमा यसरी विभेद गर्दा भक्तपुर–४ र ५ का विभिन्न टोलमा खानेपानीको चरम अभाव देखिएको हो । “तीन हप्ता भयो धारामा पानी आएको छैन । सबै ठाउँमा आउने हामीकहाँ मात्र नआउने भन्ने नि हुन्छ रु कति किनेर खानु”, भक्तपुर–४ की हीरादेवी श्रेष्ठले प्रश्न गर्दै भनिन्, “गत सातामै धारा खोल्नुपर्ने अहिलेसम्म आएको छैन । आज त धारा खोल्न आउँछ कि भनी आशैआशमा कति बस्नु धारा कुरेर”
चुनावमा भोट माग्न आउँदा सबै समस्याको समाधान गर्ने वाचा गर्ने जनप्रतिनिधिले दैनिक अतिआवश्यक खानेपानीको व्यवस्था गर्न चासो नदिएको उनले गुनासो गरिन्। “कहाँ भन्न जाऊ खानेपानीको कार्यालय गए आज हाकिमसा’ब आउनुभएको छैन भन्छन् । अरु सबै ठाउँमा समयमै पानी आउने । हामीकहाँ मात्र नआउने । पानीमै पनि विभेद गर्छन् । पानी नपठाएपछि शुल्क पनि नलिनु नि । शुल्क भने समयमा तिरेन भने कर भार बोकाउने । यस्तो पनि हुन्छ रु”, उनले भने।
त्यसैगरी भक्तपुर–५ की मायादेवी लोहलाले धारामा पानी आउँछ कि भनी कुर्दाकुर्दा दिनै बित्ने गरेको दुःखेसो पोखिन् । “धारामा पानी आउने ठेगान छैन । आज आउँछ भोलि आउँछ भन्दाभन्दै तीन हप्ता भइसक्यो । पानीको समस्याले अरु काम नै लथालिङ्ग भइसक्यो”, उनले भनिन् ।
तपाईको प्रतिक्रिया