मुस्ताङमा एक्यापले ग¥यो लोपोन्मुख हिमाली गिद्धको उद्दार

समाधान संवाददाता २०७८ भदौ ९ गते १९:०५

समाधान सम्वाददाता
जोमसोम— हिमाली जिल्ला मुस्ताङको जोमसोममा लोपोन्मुख हिमाली गिद्धको उद्दार गरिएको छ ।अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना ईलाका संरक्षण कार्यालय जोमसोम अन्तर्गत रहेको घरपझोङ गापा—४ जोमसोम स्थित जनहित माध्यमिक विद्यालय परिसरमा सोमबार देखा परेको एक हिमाली गिद्धको संरक्षण गरी उद्दार गरिएको जनाईएको छ ।
सोमबार दिउसो २ बजेको समयमा सो विद्यालयको परिसरमा हिमाली गिद्ध देखा परेपछि विद्यालयका संरक्षण शिक्षक भेषराज बास्तोलाले अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना ईलाका संरक्षण कार्यालय जोमसोमलाई गिद्ध फेला परेको बारे जानकारी गराएका थिए । विद्यालयका संरक्षण शिक्षक बास्तोलाले जानकारी गराएपछि अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना ईलाका संरक्षण कार्यालयको कर्मचारी टोली सो बिद्यालय पुगेर गिद्धको उद्दार गरेको कार्यालय प्रमुख ऋषि बरालले जानकारी दिए ।
अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना ईलाका संरक्षण कार्यालयले गिद्धको उद्दार गरी कार्यालयमा सुरक्षित रुपमा राखेको थियो ।मध्यम अवस्थाको आहाराको अभावमा झोक्राएको अवस्थामा फेला परेको कार्यालय प्रमुख बरालले बताए ।उनका अनुसार बिद्यालयबाट उद्दार गरी एक्यापको कार्यालयमा राखिएको गिद्धको कार्यालयको समन्वयमा मंगलबार जिल्ला भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको पशु बिज्ञ ऋषिराम पोखरेलले स्वास्थ्य परीक्षण गरेका थिए ।गिद्धको स्वास्थ्य परीक्षण गर्दा कुनैपनि खराबी र घाउचोट नलागेको र गिद्ध सामान्य अवस्थामा रहेको भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र जोमसोमले पुष्टि गरेको एकयापका कार्यालय प्रमुख बरालले उल्लेख गरे ।
विद्यालयमा फेला परेको गिद्धको अवस्था सामान्य रहेको प्रमाणित भएसंगै सरोकारवाला निकाय एकयापका प्रतिनिधि,जनप्रतिनिधि,संरक्षणक्षेत्र ब्यवस्थापन समितिको संयुक्त राहबरमा अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना ईलाका संरक्षण कार्यालय जोमसोम अन्तर्गत घरपझोङ —५ ठिनी गाउ माथिको उच्चलेंकमा छाडिएको थियो ।हिमाली गिद्ध नेपालमा पाईने एक प्रकारको चरा हो ।गिद्धलाई प्रकृतिको कुचिकारको रुपमा लिने गरिएको छ ।यसले मरेका र सडेगलेका सिनो खाईदिंदा दुर्गन्ध र रोगब्याधिबाट मानिसलाई सुरक्षित राख्न मद्यत गर्छ ।हिमाली गिद्धलाई वातावारणलाई चुस्त राख्न सहयोगी भूमिका निभाउने गर्छ ।
हिमाली गिद्धलाई अंग्रेजीमा हिमालयन भल्चर भन्ने गरिन्छ । विश्वमा २३ प्रजातीका गिद्ध पाईने गरेपनि नेपालमा ९ प्रजातीको गिद्ध मात्र पाईने बिज्ञहरु बताउछन् । नेपालमा खैरो प्रजातीको गिद्ध बाहेक अन्य ८ प्रजातीका गिद्धलाई लोपोन्मुखको सूचीमा सुचिकृत गरिएको पाईन्छ ।एक वर्षअघि मनाङमा लोपोन्मुख सेतो हिमाली गिद्ध फेला परेको थियो ।

Advertisement

फोटो क्याप्सन ः मुस्ताङको जोमसोममा फेला परेको लोपोन्मुख हिमाली गिद्ध । तस्विर ःऋषि बराल – एक्याप जोमसोम )

Advertisement

तपाईको प्रतिक्रिया