भेरोसेलको दोस्रो डोज शुक्रबार

समाधान संवाददाता
पोखरा – पोखरामा भेरोसेलको दोस्रो डोज शुक्रबार लगाइने भएको छ । भेरोसेलको पहिलो डोज साउन २२ गतेअघि लगाएकाहरुलाई दोस्रो खोप लगाउन पोखरा महानगरको स्वास्थ्य महाशाखाले सूचना निकालेको छ ।
महाशाखाले दोस्रो डोज लगाउन ८ केन्द्र तोकेको छ । खोप केन्द्र १ तोकिएको सहरी स्वास्थ्य केन्द्र बगरमा पोखरा फेवा यातायात प्रालि र गण्डकी ट्यक्सी व्यवसाय पब्लिक लिमिटेडमा आवद्ध चालक र सहचालकले खोप लगाउन पाउने छन् ।
अमरसिंह माविमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीमा कार्यरत चालक र सहचालकलाई खोप लगाइनेछ । जनप्रकाश मावि भण्डारढिकमा पर्यटक वाहन र बेगनासताल पोखरा यातायात प्रलिका गाडीका चालक र सहचालकलाई दोस्रो डोज लगाइनेछ ।
यस्तै, बाराही मावि मालेपाटनमा पोखरेली ट्याक्सी सेवा प्रालिका चालक र सहचालकले खोप लगाउनेछन् । जनप्रिय मावि सिमलचौरमा पोखरा यातायात प्रालि, स्थानीय यातायात प्रालि र गण्डकी ट्रक यातायात व्यवसायी संघका चालक र सहचालकका लागि तोकिएको छ ।
नव प्रभात मावि ग्याँस, पानी, डेरी, पेट्रोलियममा कार्यरत कर्मचारीका लागि खोप केन्द्र तोकिएको छ । कन्या मावि खोप केन्द्र स्वास्थ्यकर्मी, बैंकका कर्मचारी, सरकारी कर्मचारी, पत्रकार, सञ्चारकर्मी र सुरक्षाकर्मीका लागि तोकिएको छ ।
श्रीराम माविमा साउन १८ गते जनप्रिय मावि सिमलचौरमा भेरोसेल खोपको पहिलो मात्रा खोप लगाएका अन्य व्यक्तिलाई खेप लगाइने स्वास्थ्य महाशाखाले जनाएको छ ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया