पाेखरामा भदौ १८ सम्म निषेधाज्ञा

समाधान संवाददाता
पोखरा – कास्की प्रशासनले स्माट लकडाउन १ साता लम्बाएको छ । जिल्ला प्रशासान कार्यालय कास्कीले बिहीबार सूचना निकालेर बिहीबार राति १२ बजेदेखि भदौ १८ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्बाएको हो ।
कोभिड १९ को संक्रमण दर र मृत्युदर आदिमा क्रमिक रुपमा वृद्धि भएकाले फैलावट रोकथाम तथा नियन्त्रणका गर्न आदेश जारी भएको हो । प्रशासनले सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालनमा गर्न साथै मानिस भेला जम्मा हुन, भीडभाड गर्न सभा, जुलुस गर्न, जात्रा, महोत्सव गर्दा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ ।
सिनेमा हल, पार्टी प्यालेस, रेस्टुरेन्ट, मोटेल, नाँचघर क्लब डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुट्सल, खेलकुद स्थल खोल्न तथा सञ्चालन गर्न रोक लगाएको छ । प्रशासनले विवाह, ब्रतवन्ध एवम् अन्य संस्कारजन्य कार्यक्रम सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्ने अनुरोध गरेको छ ।
विश्वविद्यालय, क्याम्पसका शैक्षिक संस्था, तालिम, प्रशिक्षण केन्द्रहरु तथा विद्यालयबाट पठनपाठन भर्चुअल विधिबाट गर्न साथै पूर्व निर्धारित परीक्षा गर्न भने सामाजिक दूरी पालन गरी गर्न भनिएको छ ।
प्रशासनले भदौ ३ गतेदेखि कास्की जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणालीलाई निरन्तरता दिएको छ । एम्बुलेन्स, बिरामी तथा कुरुवा बोक्ने सवारीसाधन, दमकल, शववाहन साद्यसामग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल दुग्ध पदार्थ लगाएत अत्यावश्वक प्रयोजनमा हिँड्नेलाई सवारीलार्य भने जोरबिजोर लागु हुने छैन ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया