पोखराको नदिपुरमा तास खेलिरहेका ८ जना पक्राउ

समाधान संवाददाता
पोखरा, ११ भदौ
नदिपुरमा जुवा तास खेली रहेको अवस्थामा ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार दिउँसो पोखरा महानगरपालिका ३ नदिपुर घर भएकी ३७ वर्षीय एकमाया रानामगरको घरमा जुवा तास खेली रहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय प्रहरी कार्यलय बगरबाट खटिएको प्रहरी टोलीले एकमाया सहित ८ जनालाई पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यलय बगरका प्रहरी नायव निरिक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीको कमाण्डरमा खटिएका ७ जनाको टोलीले जुवा खेलीरहेको अवस्थामा प्रक्राउ गरेको हो । पक्राउ पर्नेमा घर धनि ३७ वर्षीय एकमाया रानामगर, सोही ठाउँ बस्ने ३५ वर्षीय निता पुन, नदीपुरकै ३८ वर्षी ईन्द्र रानामगर, पोखरा महानगरपालिका ८ न्यूरोड बस्ने ३२ की मनमाया रोक्का, सोही ठाउँकी २९ वर्षीय देविन पुन, न्यूरोड बस्ने अर्का अर्चलबोटकी ३२ वर्षीय मनमाया राक्का, यस्तै न्यूरोड बस्ने ५४ वर्षीय नर कुमारी रोक्क मगर , नदिपुर बस्ने ४४ का बुद्धि बहादुर राना र जिल्ला म्याग्दी अन्नपुर्र्ण गा.पा १ बस्ने २५ वर्षका प्रेम चुचाङ्गेलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ५६ हजार १ सय तीस रुयौया पैसा सहित ४ बुक तास सहित नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यलय बगरले जनाएको छ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया