विदेशी अनुदानमा बहुउद्देश्य पूर्वाधार बन्ने

एसके थकाली \
जोमसोम—मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ पाक्लिङमा करोडांैको बहुउद्देश्य पूर्वाधार परियोजना निर्माण हुने भएको छ । अमेरिका तथा अष्ट्रेलियन कम्पनीको संयुक्त आर्थिक सहयोगमा उक्त परियोजना सुरु हुने जनाईएको छ।
विदेशी सहयोग अनुदान मुस्ताङको शिक्षा,स्वास्थ्य र संस्कृति उत्थानका लागि काम गर्दैआईरहेको मुस्ताङ सस्कृति तथा शिक्षा केन्द्रले उक्त बृहत परियोजना काम अघि बढाउन लागेको हो । गरिब तथा कठिन परिस्थितीका बालबालिका र युवा लागि शैक्षिक तथा सांस्कृतिक विकास गर्ने उद्देश्यले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ पाक्लिङमा बहुउद्देश्य नयाँ परियोजना निर्माण हुने संस्थाले जनाएको छ । यसका लागि सुरुआती चरणमा ५ करोड ६९ लाख बजेट प्रस्ताव गरिएको छ ।
शिक्षा,स्वास्थ्य र धर्म सस्कृति संरक्षण गर्ने उद्देश्यले २०६९ सालमा मुस्ताङ सस्कृति तथा शिक्षा केन्द्र स्थापना भएको हो । संस्थाले मुस्ताङको शैक्षिक तथा संस्कृति संरक्षणमा योगदान गर्दै आईरहेको जनाएको छ । संस्थाले अतिबिपन्न परिवारका बालबालिकालाई शिक्षामा पहुच दिलाउने र जिल्लाको धर्मसंस्कृतिको सरक्षण गर्ने काम उद्देश्य राखेको छ ।
अहिले सो संस्थामा गरिब तथा बिपन्न परिवारका ४३ जना बिद्यार्थी शिक्षाको पहुँचमा जोडिएका छन् । मुस्ताङ सस्कृति तथा शिक्षा केन्द्रले शुक्रबार जिल्ला तथा स्थानीय तह स्तरीय बिस्तृत नया परियोजना संम्वन्धि छलफल गरेको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र पाक्लिङमा निर्माण हुने बहुउद्देश्य भवन निर्माण परियोजना संम्वन्धि जिल्ला प्रशासन कार्यालय,एक्याप,बिद्युत ,पूर्वाधार तथा स्थानीय सरोकारवाला निकायलाई जानकारी गराएको हो ।
संस्थाले विदेशी अनुदान सहयोगमा ३ चरणमा पूर्वाधार निर्माण सम्पन्न गर्ने जनाएको छ ।सो परियोजना अन्तर्गत प्रारम्भिक चरणमा पूर्वाधार निर्माणका लागि १५ करोडको खाका प्रस्तुत गरेको छ । परियोजनाको पहिलो चरणमा डिजाईन निर्माण,डिजाईन प्रक्रिया र स्टमेट तयार भैईरहेको छ ।यस्तै डिजाईन र स्टेमेट सकेपछि पूर्वाधार निर्माणका लागि ठेक्का टेन्डरमा जाने र ठेक्का सम्झौता लगायतको काम गर्ने छ ।यस्तै परियोजनको पहिलो चरणमा ध्यान केन्द्र,किचन,पुस्तकालय ,कार्यालय र लामा निबास भवन निर्माण हुने जनाईएको छ ।
परियोजनाको दोश्रो चरणमा २५ करोड स्टमेट गरेको छ । जसमा बिद्यार्थीको लागि होस्टेल र कक्षा कोठा निर्माण गरिने छ ।
परियोजनाको तेश्रो चरणमा मेडिकल क्लिनीक , लामा तथा बिद्यार्थी होस्टेल र बिद्यार्थीको कक्षा कोठा लगायतका पूर्वाधार निर्माण गरिने छ । परियोजना संम्पन्न भएपछि बहुउद्देश्य भवनमा शैक्षिक सुविधा उपलब्ध गराउने, मुस्ताङको पाक्लिङ र दुर्गम भेकका शैक्षिक सुविधाबाट बञ्चित बालवालिकालाई आवद्ध गराईने संस्थाका प्रतिनिधि गेसे सोनामले जानकारी दिए । उनका अनुसार परियोजना लागु भएपछि कम्तिमा १ सय जना बालबालिका र १ सय जना युवालाई शैक्षिक सुविधा उपलब्ध गराईने छ ।
बहुउद्देश्य भवनमा आध्यात्मिक तथा धार्मिक आवश्यकता पूर्ती गरिने छ । आध्यात्मिक तथा ध्यानकेन्द्रमा स्वदेशी तथा विदेशी जो पनि आउनसक्ने छन् भने परियोजनापछि बोन दर्शनको प्रर्वद्धन तथा संस्कृति संरक्षण लगायतको कामलाई प्राथमिकता दिईने जनाईएको छ ।
विदेशी सहयोगमा निर्माण हुने परियोजना बैठकमा मुस्ताङका सिडिओ श्रीनाथ बराल ,प्रदेश सांसद महेन्द्रबहादुर थकाली,स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायका उपस्थिती रहेको संस्थाले जनाएको छ ।
तपाईको प्रतिक्रिया