एनसेलको टावरमा तार जडान गर्दा दुईजनाको मृत्यु, एक गम्भीर

समाधान संवाददाता २०७८ भदौ १४ गते १०:३४

धादिङ – धादिङमा एनसेलको टावरमा तार जोड्ने क्रममा २ जना मजदुरको मृत्यु भएको छ।

गजुरी गाउँपालिका वडा नम्बर ५ बञ्चरे डाँडामा एनसेलको तार जोड्ने क्रममा २ जना मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुले तार जडानका क्रममा बिजुलीको पोलमा भर्‍याङ हालेका थिए। भर्‍याङ हाल्ने क्रममा करेन्ट लागेर २ जनाको घटनास्थलमै मृत्यु भएको हो।

Advertisement

मृत्यु हुनेमा स्याङजा घर भएका विमल परियार र पोखरा घर भएका उमाकान्त बराल रहेका छन् भने घाइते हुनेमा पोखरा घर भएका भुवन बराल रहेको ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी युवराज खड्काले जानकारी दिए।

Advertisement

तपाईको प्रतिक्रिया