सराङकोटको विकासमा निजी क्षेत्रको भूमिका ः थापा

समाधान संवाददाता
पोखरा- गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सराङकोटको पर्यटन विकासमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताएका छन् ।
सराङकोट धार्मिक एवं पर्यटन विकास समितिले निर्माण गरिरहेको भ्युटावर र शिव मन्दिर आइतबार अवलोकनका क्रममा मन्त्री थापाले यस क्षेत्रमा पर्यटकको आकर्षण बढाउन निजी क्षेत्रबाट ठूलो लगानी भइरहेको बताए । पर्यटन क्षेत्रको विकासमा सरकार निजी क्षेत्रसँग समन्वय गर्दै अघि बढिरहेको छ भन्दै उनले निजी क्षेत्रको लगानी सुरक्षित हुनेगरी सहज नीति बनाउन स्थानीय तहलाई आग्रह गरे ।
‘लेकसाइड सेदीदेखि सराङकोटसम्म पुग्ने गरी अन्नपूर्ण केबलकार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ’, उनले भने, ‘यो अत्यन्तै स्वागतयोग्य र सराहनीय छ । यसले पर्यटकको आकर्षणमा थप टेवा पुग्छ ।’
निजी क्षेत्रको लगानीलाई सुरक्षित गर्ने गरी सहज नीति बनाउन स्थानीय सरकारलाई उनको आग्रह छ । सराङकोट क्षेत्रमा ठूला होटल तथा रिर्सोट सञ्चालन हुँदा पर्यटकका लागि १ दिन भए पनि भुल्ने वातावरण सिर्जना भएको मन्त्री थापाको भनाइ छ । यो क्षेत्रलाई व्यवस्थित बनाउन निर्माण हुँदै गरेको भ्युटावर र शिवमन्दिरले अझ आकर्षण बढाउने उनले बताए ।
मन्त्री थापाले भने, ‘भ्युटावरले पर्यटकको आकर्षण थप बढाउँछ । अहिले भ्युटावर पुग्न भ¥याङ बनाइएको रहेछ । विस्तारै लिफ्टसमेत जडान गरी अपाङ्गमैत्री बनाउनुपर्छ ।’ उनले आडमा रहेको नेपाल टेलिभिजनको टावरले दृश्यावलोकनमा समस्या हुने भन्दै त्यसको स्थानान्तरणसँगै उचित व्यवस्थापनमा लाग्न समितिलाई अनुरोध गरे ।
पोखरा १८ जामुनेबोटमा स्थापना गरिएको सहिद पार्क पर्यटक भुलाउने अर्को एउटा स्थलका रुपमा साबित भएको मन्त्री थापाको भनाइ छ । वडामा प्रहरीचौकीको कार्यलय निर्माण गर्नका लागि २ रोपनी जग्गा समेत प्राप्त भइसकेको हुँदा निर्माण कार्यलाई तीव्रता दिई सुरक्षाका दृष्टिकोणबाट समेत सराङकोटलाई सबल बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
मन्त्री थापाले आइटी पार्कको लागि पनि ९६ रोपनी जग्गा प्राप्त भएको र निर्माणका लागि प्रदेश सरकारबाट आव २०७८ र ०७९ मा १ करोड ७० लाख विनियोजन गरिएको जानकारी दिए ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया