सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न माग

समाधान संवाददाता २०७८ भदौ १६ गते १२:०९

समाधान संवाददाता
पोखरा-नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन नियम अन्तर्गतकायोजना विनाशर्त कार्यान्वयन गर्दा रोजगारदातासँग माग गरेको छ ।


नेपाल उद्योग वाणिज्य महासंघको सहभागितामा बनेको सामाजिक सुरक्षा ऐन नियम रोजगारदाताले अनिवार्य कार्यान्वयन गर्नुपर्ने माग गरेको जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए । जिफन्टले पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारीलाई मंगलबार बुझाएको ध्यानाकर्षणपत्रमा देशको ऐन कानुन पालना गर्नुपर्ने हरेक सभ्य नागरिकको कर्तव्य भएको स्मरण गराइएको छ ।


‘देशको ऐन कानुन स्वेच्छिक हुन सक्दैन,’ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘लोकतान्त्रिक विधि अनुसार सरोकारवालासँग सघन छलफल गरेर जारी गरेको कानुनको पालना गर्दिनँ भन्ने स्वेच्छाचारी अधिकार र छुट कसैलाई पनि हँुदैन ।’ अध्यक्ष खत्रीले सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय सहमतिका आधारमा सामाजिक सुरक्षा ऐन तथा श्रम ऐन जारी गरेको कसैले बिर्सन नहुने बताए ।

Advertisement


ऐन, नियम कार्यान्वयन गर्ने सवाल कुनै खास संस्था वा व्यक्ति विशेषको स्वेच्छिक विषय हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष खत्रीले प्रचलित ऐन, कानुन अनुसार सञ्चालित सबै उद्योग, प्रतिष्ठान र कम्पनीका कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध गराउन माग गरे । उनले जतिबढी सामाजिक सुरक्षा, त्यति बढी श्रम लचकता हुने टिप्पणी गरे ।अध्यक्ष खत्रीले देशव्यापी कार्यक्रम अन्तर्गतजिफन्टले तनहुँ उद्योग वाणिज्य संघ दमौली र नवलपुर उद्योग वाणिज्य संघ कावासोतीलाई समेत ध्यानाकर्षणपत्रबुझाएको जानकारी दिए ।


जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष तथा गण्डकी प्रदेशसभाका सदस्य मिना गुरुङले सामाजिक सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयन गर्न सके नेपालको श्रमशक्तिलाई स्वदेशमै रोक्न सकिने दाबी गरिन् । उनले योजनाले सरोकारवाला सबैलाई दुरगामी रुपमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरिन् । नेपाल सरकार र रोजगारदाता योजना बनाउन अग्रसर भएको उल्लेख गर्दै उनले अहिले कार्यान्वयन गर्नमा आनाकानी गरेको आरोप लगाइन् ।

Advertisement


पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष नारायण कोइरालाले जिफन्टको माग समयसापेक्ष भएकाले कार्यान्वयन गर्न पहल गर्ने बताए । रोजगारदाता र श्रमिकबीचको सुमधर सम्बन्धले उद्योग व्यवसायको प्रवद्र्धन हुने उल्लेख गर्दै उनले सामाजिक सुरक्षाकोषमा सरकारले समेत योगदान गर्नुपर्ने दाबी गरे ।


लेखनाथ उद्योग वाणिज्य संघका भएको कार्यक्रममा अध्यक्ष बलराम ढकाल, वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, कार्य समितिका सदस्य विक्रम कर्माचार्य लगायतका उद्योगी, व्यवसायीलेसामाजिक सुरक्षा ऐन कार्यन्वयन गर्ने प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया