आज १५ औं मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस मनाइँदै

मानव बेचबिखन मुक्त समाज, हाम्रो प्रतिबद्धता सबैको प्रयास र ऐक्यबद्धता भन्ने नाराका साथ आज मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औँ राष्ट्रिय दिवस मनाइँदै छ ।
सन् २००२ मा काठमाण्डौ भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको ११ औँ शिखर सम्मेलनले महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धिलाई २०६३ सालको भदौ २० गते तत्कालीन प्रतिनिधि सभाबाट अनुमोदन गरेको दिनको सम्झनामा दिवस मनाउने गरिएको छ।
प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति र स्वरुपमा पनि परिवर्तन आएको छ । पहिले पहिले भारतका प्रमुख सहर हुँदै तेस्रो देश लगेर मानव बेचबिखन हुने गरेकोमा अहिले नयाँ नयाँ बाटो र गन्तव्यमार्फत बेचबिखन हुने गरेको पाइएको छ ।
प्रहरीका अनुसार मानव बेचबिखनको नयाँ शैली प्रयोग गर्न थालिएको छ । अहिले भारत, बङ्गलादेश, म्यानमार, थाइल्यान्ड, इण्डोनेसियालगायतका मार्गबाट मानव बेचबिखन हुने गरेको पाइएको छ । यस्तै, मानव बेचबिखनका लागि इन्टरनेट र मोबाइल फोनमा उपलब्ध हुने नयाँनयाँ एपको समेत प्रयोग हुन थालेको प्रहरीले स्रोत बताउँछ ।
वैदेशिक रोजगारी, आप्रवासन र शिक्षाको आवरणमा नेपालबाट मानव बेचबिखन हुने गरेको छ । अहिले कोरोना महामारीका कारण रोजगारी गुम्दा धेरैजसो बेचबिखनको जोखिममा परेका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बताउँछ ।
मन्त्रालयका अनुसार यो आर्थिक वर्षमा मात्रै विभिन्न सङ्घ संस्थाको सहयोगमा १३ सय ३१ जनाको उद्धार गरिएको छ ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया