पोखरा रोयलका ग्राहकलाई एलसिडीमा छुट

समाधान संवाददाता २०७८ भदौ २० गते १४:००

समाधान संवाददाता
पोखरा- पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले र लाइफ केयर डायग्नोस्टिक प्रालि(एलसिडी) पोखरासँग शुक्रबार छुटसम्बन्धी सम्झौता भएको छ । सदस्यका तथा कर्मचारीले एलसिडीमा परीक्षण गर्दा ३० प्रतिशत छुट पाउने भएका छन् ।


बुद्धचोकमा रहेको रोयलको प्रधान कार्यालयमा शुक्रबारसहकारीका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुुरुङ र एलसिडीको तर्फबाट प्रबन्ध निर्देशक शुक्रराज कँडेललेसम्झौता पत्रमा हस्ताक्षर गरे ।


गत हप्तादेखि संस्थाले आफ्ना सदस्यको आवश्यकता तथा माग बमोजिम फरक फरक व्यावसायिक प्रतिष्ठानसँग सहकार्य गर्दै आएको गुरुङले बताए । एलसिडीका प्रबन्ध निर्देशक कँडेलले सहकारीसँग जोडिएका सदस्य तथा कर्मचारीलाई सस्तो र सुलभ मूल्यमा गुणस्तरीय सेवा दिन तयार रहेको बताए ।

Advertisement


सहकारीका सूचना अधिकारी मिलन ढकालका अनुसार सहकारीमा ७ हजार ५ सय सेयर सदस्य छन् । पोखराको न्युरोडबाट सञ्चालनमा आएको ‘क’ वर्गको प्रयोगशाला एलसिडीले निजी स्तरबाट कोभिड १९ परीक्षण गर्दै आएको छ । ढकाल भन्छन्, ‘कोरोना महामारीको जोखिम बढ्दै गएको अवस्थामा लकडाउन र बन्दाबन्दीका कारण आम्दानीका असर परिरहेको अवस्थामा यो सम्झौताले थोरै भएपनि राहत मिल्ने आशा छ ।’

Advertisement

तपाईको प्रतिक्रिया