पोखरा २६ मा कांग्रेसको निर्वाचन बदर गर्न माग

समाधान संवाददाता, पोखरा
नेपाली कांग्रेसको पोखरा २६ मा भएको वडा अधिवेशन बदर गर्न कांग्रेस कार्यकर्ताले नै माग गरेका छन् । शिवहरि गौतम, सुदीपराज ढुंगाना, उदीपराज ढुंगाना, सूर्यनाथ ढुंगाना, सूर्य ढुंगाना, गोपीचन्द्र बराल, कृष्णबहादुर अधिकारी लगायत क्रियाशील सदस्यहरुले प्रमुख निर्वाचन अधिकृतलाई पत्र लेखी पुन निर्वाचनको माग गरेका हुन् । उनीहरुले वैधानिक निर्वाचन संघर्ष समिति, पोखरा–२६को नाममा दिएको उजुरीको बोधार्थ कांग्रेसको केन्द्रीय निर्वाचन समितिलाई दिइएको छ ।
वडा अधिवेशनको दिनमा औपचारीक कार्यक्रमको सुरुआत गरी अध्यक्ष, सचिव र कोषाध्यक्षको वार्षिक प्रतिवेदन उपर छलफल, सुझाव, सल्लाह र समीक्षा सहित पास गर्नुपर्नेमा कुनै पनि प्रतिवेदन माथि छलफल नै नगरी तुरुन्तै निर्वाचनको कार्यक्रम अगाडि बढाइएको उनीहरुको भनाइ छ । ‘सबै क्रियाशील सदस्यलाई समय र स्थानको बारेमा जानकारी नगराई सीमित सदस्यहरुको उपस्थितिमा अधिवेशन सम्पन्न भयो भनेर आम क्रियाशील कार्यकर्तालाई भ्रममा पारियो,’ उनीहरुले भनेका छन्, ‘उपस्थिति पुस्तिकामा हस्ताक्षर गराइयो तर हस्ताक्षरको दुरुपयोग गरी कसैलाई जानाकारी नदिई सहमति भन्ने शब्द लेखियो । सीमित व्यक्तिहरुको डिजाइनमा गैरकानुनी काम भयो ।’
उम्मेदवार मनोनयनको नामावली प्रकाशित नगरी निर्विरोधका लागि कुनै उम्मेदवारसँग छलफल नगरी, उम्मेदवारी दाबी विरोध फिर्ता लिएको कुनै कागज नै नगरी उच्चस्तरीय समितिद्वारा वडा समिति र क्षेत्रीय प्रतिनिधिहरुको निर्विरोध घोषणा निर्वाचन अधिकृत अर्जुन गौतमद्वारा गर्न लगाइएको र त्यो पूर्ण रुपमा अवैधानिक रहेको संघर्ष समितिको भनाइ छ । ‘हामी प्रजातन्त्रवादी कांगे्रसका कार्यकर्ता कांगे्रस पार्टीभित्र नै प्रजातान्त्रिक विधि, पद्धति र संस्कारको खोजीमा विरोधमा उत्रेका छौं,’ उनीहरुले भनेका छन् ।
अपारदर्शी ढंगले सहमतिको नाममा समय व्यतित गरी साँझ पख एकपक्षीय रुपमा वडा समिति र क्षेत्रीय प्रतिनिधि निर्विरोध घोषणा गरी विधि, पद्धति र प्रजातान्त्रिक मूल्य र मान्यता विपरीतको क्रियाकलाप अपनाइएको पनि उनीहरुको भनाइ छ । अवैधानिक तरिकाबाट प्रतिनिधि घोषणा गरियो भनेर निर्वाचन अधिकृत अर्जुन गौतमलाई जानकारी गराउँदा उनी केही नबोली सोही अवैधानिक कार्यको पक्षमा लागेको पनि आरोप समितिका तर्फबाट लगाइएको छ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया