कोरोना पोजेटिभ देखिएपछि बिद्यालय बन्द

समाधान संवाददाता २०७८ भदौ २० गते १९:१०

एसके थकाली
जोमसोम—हिमाली जिल्ला मुस्ताङको जोमसोममा अवस्थित जनहित माध्यमिक विद्यालयका एक जना बिद्यार्थीलाई कोरोना पोजेटिभ देखिएसंगै गत बिहिबारदेखि एक साताका लागि बिद्यालय बन्द भएको जनाईएको छ ।विद्यालयका प्राधानाध्यापक रामचन्द्र अधिकारीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा जिल्ला बाहिरबाट नयाँ भर्ना हुन आएका मध्ये एक जना बिद्यार्थीलाई एन्टिजेन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएकाले अन्य बिद्यार्थीको कन्ट्रयाक ट्रेसिङ गरेर मात्र बिद्यालय संञ्चालन गरिने जनाईएको छ ।
कोरोनाको भाईरसको तेश्रो भेरियन्टको त्रास कायम रहेको अवस्थामा मुस्ताङका ५ वटै स्थानीय तहमा भौतिक रुपमै पठन÷पाठन तथा आवासिय छात्राबास संञ्चालन गरेका छन् ।घरपझोङको जनहित माध्यमिक विद्यालयले गत श्रावणदेखि पालिकाको अनुमतीमा अनलाईन तथा जोरबिजोर कक्षा संञ्चालन गरेको थियो ।

बिद्यालयले भौतिक रुपमै सबै कक्षा एकैसाथ कक्षा संञ्चालन भएसंगै छात्राबासमा रहेर अध्ययन गर्ने जिल्ला बाहिरका बिद्यार्थीलाई बिद्यालयमा प्रबेश गराउनु अघि गरिएको कोभिड परिक्षण गर्दा बिद्यार्र्थीलाई कोरोना संक्रमण देखिएको प्राधानाध्यापक रामचन्द्र अधिकारीले जानकारी दिए ।
विद्यालयले कोभिड संक्रमण फैलिने आशंका रहेको भन्दा संक्रमित बिद्यार्थीलाई अभिभावकको जिम्मा लगाईसकेको प्रधानाध्यापक अधिकारीले उल्लेख गरे । कोभिड पोजेटिभ देखिएका बिद्यार्थी तथा निजको संम्पर्कमा आएका अन्य बिद्यार्थीको अवस्था सामान्य रहेको बिद्यालयले जनाएको छ ।
आईतबार स्थानीय तह,बिद्यालय ब्यवस्थापन समिति लगायतको बैठकले स्वास्थ्यकर्मीको सुझाव अनुसार विद्यालयका बिद्यार्थीहरुको स्वास्थ्यमा कुनै जटिलता उत्पन्न नभएमा आउदो बिहिबार देखि शैक्षिक पठन÷पाठन सूचारु गर्ने निर्णय गरेको जनाईएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया